सरकारी वार्ता टोली तथा विप्लव समूह पार्टी बिच बार्ता सुरू

 काठमाडौं(दीस)  । सरकारी वार्ता टोली तथा विप्लव समूहले पार्टीको बार्ता टोली राजधानी काठमाडौ वार्ता सुरु भएको छ । सरकारी स्रोतका अनुसार राजधानी काठमाडौको  एक होटलमा दुबै टोली विच  बार्ता सुरु भएको हो ।।वार्तामा आजै समुह माथी प्रतिबन्ध फुकुवा हुन सक्ने बताइएको छ । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै प्रकाण्डको टोली सरकारसँग बार्ता आजै काठमाडौ आएको छ  । सरकारले विप्लब समुहसँग आजै वार्ता गर्न सरकारी पक्षले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईको नाम सार्वजनिक गरेसँगै विप्लव पक्षले पनि टोली घोषणा गरेको हो । नेपाल सरकारका प्रबक्ता मंगलबार दिउँसो सरकारका प्रवक्ता पार्वत गुरुङले पत्रकार सम्मेलन गरी विप्लव पक्षसँग वार्ता गर्नका लागि वार्ता टोलीको नाम सार्वजनिक गरेका थिए । सरकारसँग वार्ता गर्न नेकपा विप्लव समूहले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र केन्द्रीय सदस्य उदय चलाउने दीपकलाई अघि सारेको थियो  । सरकारले २ वर्षअघि प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको दललाई अहिले सरकार आफैले पहल थालेर वार्तामा बोलाएको हो ।

Shares

Be the first to comment on "सरकारी वार्ता टोली तथा विप्लव समूह पार्टी बिच बार्ता सुरू"

Leave a comment

Your email address will not be published.


*