‘सरकारले काम गरिरहेको छ, आँखा खोलेर हेरौं’

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारले काम गरिरहेको भन्दै सरकारको काम आँखा खोलेर हेर्न आग्रह गरेका छन् । चाडबाडका अवसरमा पार्टीले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा उनले सरकारले गरेका काम देख्न आग्रह गरेका हुन् । गायक आनन्द कार्कीको गीत ‘यी हल्लाहरु हुन् तिमीले सुनेका’ गीत उद्धृत गर्दै प्रधानमन्त्री ओलीले भने, “सरकारले काम गरिरहेको छ। आँखा चिम्लेर होइन, आँखा खोलेर हेरौँ ।” निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरा, कांग्रेस सांसद अफताब आलम र राजपा सांसद प्रमोद साह पक्राउ परेको तर्फ इंगित गर्दै प्रम ओलीले कानुनका नजरमा सबै बराबर हुने बताए । “भनसुनमा कत्ति पनि विश्वास गरिँदैन,” उनले थपे । सामाजिक सञ्जाल सुन्नै, पढ्नै, हेर्नै नसकिने हुन थालेको टिप्पणी उनले गरे । “त्यो हाम्रो संस्कृति होइन । त्यसले हामीलाई माथि उठाउँदैन,” मिडियाले सबैलाई तिमी भनेर सम्बोधन गरेकोमा असन्तुष्टि जनाउँदै आएका ओलीले भने ।

Shares

Be the first to comment on "‘सरकारले काम गरिरहेको छ, आँखा खोलेर हेरौं’"

Leave a comment

Your email address will not be published.


*