‘समृद्धि होइन, बेथिती ल्याए’

इश्वर बिश्वकर्मा
चरिकोट, फागुन ३
नेपाली कांग्रेस दोलखाले सोमबार चरिकोटमा प्रतिनिधि सभा संसद विघटन बिरुद्ध प्रदर्शन गरेको छ । पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी देशलाई अस्थिरता तर्फ लगेको आरोप लगाउदैँ कांग्रेस दोलखाले बिरोध प्रदर्शन गरेको हो । संसद विघटन विरुद्ध आयोजित नेता तथा कार्यकर्ता समाहित कांग्रेसको बिरोध जुलुसले चरिकोट बजार परिक्रमा गरेको थियो । पार्टी कार्यालयबाट सुरु भएको बिरोध जुलुस पशुपति डाँडा, पुरानो बजार, बिच बजार, सातदोबाटो र बसपार्क हुदैं पुनः सातदोबाटोमा आई बिरोध सभामा परिणत भएको थियो । बिरोधसभाको नेपाली कांग्रेसका केन्द्रिय नेता गुरुराज घिमिरेले फुलेको बिरुवामा पानी हालेर उद्धघाटन गरेका थिए । सभाको उद्धघाटन गर्दै नेता घिमिरेले अदालतलाई संसद विघटन सदर नगर्न आग्रह गरेका छन् । “अदालतलाई हात जोडेर, शिर झुकाएर आग्रह गर्छु, एउटा प्रतिगामी व्यक्तिले गरेको गल्तिलाई अदालतले सदर गर्नु हुदैँन् ।” उनले भने । बेथिती र विकृतिको परिणाम केपी ओली, प्रधानमन्त्री बन्न सक्षम र योग्य नहुँदा पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’को कृपाले ओली प्रधानमन्त्री बनेको बताउदैँ नेता घिमिरेले प्रचण्डको कृपाले ओली प्रधानमन्त्री बनेपनि ओलीले प्रचण्डलाई नै धोका दिएको बताए । ओलीले धोका दिएपछि अहिले प्रचण्ड भने माधव कुमार नेपालसंग सडकमा बसेर रोइरहेको नेता घिमिरेले बताए । नेता घिमिरेले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले प्रचण्डलाई मात्र नभई सिंगो देशवासीलाई समेत धोका दिएकोले त्यो धोका बिरुद्ध कांग्रेसले निरन्तर बिरोध गरिरहने उद्धघोष गरे । बिरोध सभामा नेता जीपछिरिङ लामाले ओली सरकारले गरेको संसद विघटन विरुद्ध मात्रै नभई सरकारको निरंकुशता, भ्रष्टाचार लगायतका काम र वेथिती बिरुद्ध कांग्रेस एकजुट भएर लागेको बताए । उनले आफ्नै पार्टी भित्रको कुर्सीको झगडाका कारण प्रधानमन्त्री ओलीले संसद विघटन गरेको आरोप लगाए । सभामा कांग्रेस दोलखाका सभापति रुद्र बहादुर खड्काले देशमा समृद्धि ल्याउँछु भन्ने प्रधानमन्त्री ओलीले समृद्धि होइन, बेथिती ल्याएको बताए । कम्युनिष्ट पार्टीकी नेत्री रामकुमारी झाँक्रीलाई कसुरबिनै पक्राउ गरिएको तर अपराध गर्ने अपराधीलाई भने सरकारले जोगाएको र उन्मुक्ती दिएको उनले आरोप लगाएका थिए । बिरोध सभामा नेपाली कांग्रेसका नेता तारा बहादुर कोईराला, देविप्रसाद न्यौपाने, ईश्वर मानन्धर, बालकृष्ण आचार्य, महिला नेतृ गिता शिवाकोटी, महेश काफ्ले, दावा साँङगे शेर्पा, तेजबहादुर बिश्वकर्मा लगायतले सम्बोधन गरेका थिए ।

Shares

Be the first to comment on "‘समृद्धि होइन, बेथिती ल्याए’"

Leave a comment

Your email address will not be published.


*