समूह डि को छिनोफानो आज, अर्जेन्टिनालाई अन्तिम मौका

एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह डि को छिनोफानो आज लाग्दैछ । समूह डि को खेलमा अर्जेन्टिनाले नाइजेरियासँग र क्रोएसियाले आइसल्यान्डसँग प्रतिस्पर्धा गर्दैछन् ।

विश्वकपको समूह डि बाट क्रोएसिया नकआउट चरणमा प्रवेश गरेपनि एक टिमको टुंगो लागेको छैन ।  समूह डि बाट नकआउट चरणमा प्रवेश गर्ने राष्ट्रका दाबेदारमा अर्जेन्टिना र नाइजेरिया रहेका छन् । त्यसो त, आइल्यान्डको पनि झिनो आशा कायमै छ ।
अर्जेन्टिनाले आफ्नो समूहको अन्तिम खेल नाइजेरियासँग सेन्ट पिट्र्सवर्ग रंगशलामा खेल्दैछ । यी दुईबीचको खेल नेपाली समयअनुसार ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ । एक खेलमा बराबरी खेलेको र एक खेलमा पराजित भएको अर्जेन्टिनाको १ अंक रहेको छ । यता, नाइजेरिया भने एक खेलमा विजयी र एक खेलमा हारेर ३ अंक रहेको छ ।

अर्जेन्टिनाले नाइजेरियालाई पराजित गरेमा विश्वकपको नकआउट चरणमा प्रवेश गर्नेछ । तर अर्जेन्टिनाले क्रोएसिया र आइसल्यान्डसँगको नतिजामा पनि भरपर्नु पर्ने हुन्छ । अर्जेन्टिनालाई नाइजेरियाले पराजित गरेमा नाइजेरिया विश्वकपको प्रिक्वाटरफाइनलमा पुग्नेछ ।
यसअघि नाइजेरिया र अर्जेन्टिनाको ८ खेलमा भेट भएको छ । जसमा ५ खेल अर्जेन्टिनाले जितेको छ । त्यसैगरी, २ खेल नाइजेरियाले जितेको छ भने १ खेलमा बराबरी भएको छ ।

त्यस्तै, यसै समूहको अर्को खेलमा आइसल्यान्डले क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ । रसियाको रोस्टोभ एरिनामा खेल हुनेछ ।

आइसल्याण्डले १ खेलमा बराबरी खेलेको छ भने एक खेलमा हार बेहोर्दै १ अंक बनाएको छ । यता, क्रोएसियाले भने समूह चरणको २ खेलमा लगातार जित हात पार्दै ६ अंक बटुलेको छ भने क्रोएसिया प्रिक्वाटरफाइनलमा समेत एक खेल खेल्नु अघि नै प्रवेश गरेको छ ।
अहिलेसम्म आइसल्याण्ड र क्रोएसियाको भेट ६ खेलमा भएको छ ।

जसमा क्रोएसियाले ४ खेल जितेको छ । त्यस्तै, १ खेलमा आइसल्याण्डले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ

Shares

Be the first to comment on "समूह डि को छिनोफानो आज, अर्जेन्टिनालाई अन्तिम मौका"

Leave a comment

Your email address will not be published.


*