समानुपातिकमा एमाले पहिलो

चरिकोट(दीस)ः समानुपातिकतर्फ दोलखामा नेकपा एमाले सबै भन्दा बढी मत प्राप्त गरी पहिलो बनेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिक तर्फको मत गणना को अन्तिम नतिजा अनुसार प्रतिनिधि सभा तथा प्रदेशसभाको समानुपातिक तर्फ एमाले पहिलो बनेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जारी गरेको समानुपातिक तर्फको मतगणनाको अन्तिम परिणामाअनुसार एमालेले प्रतिनिधि सभा तर्फ ३० हजार ९ सय छयासी तथा प्रदेश सभातर्फ ३१ हजार आठसय छयालिस मत प्राप्त गरी पहिलो बनेको छ । यसै गरी नेपाली काँग्रेसले प्रतिनिधि सभातर्फ २७ हजार सात तथा प्रदेश सभातर्फ २२ हजार तीनसय मत प्राप्त गरी दोस्रो बनेको छ । भने नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभातर्फ ११ हजार पाँच सय बयासी तथा प्रदेश सभातर्फ १४ हजार नौ सय चार मत प्राप्त गरी तेस्रो मत प्राप्त गरेको छ ।
यस्तै नेकपा एकिकृत समाजवादी पार्टीले प्रतिनिधि सभा तर्फ २ हजार तीन सय एक तथा प्रदेश सभातर्फ ३ हजार नौ सय त्रियान्नब्बे र राष्ट्रिय प्रजातन्त्र पाटीले प्रतिनिधि सभा तर्फ २ हजार ३३ तथा प्रदेश सभातर्फ ३ हजार चारसय त्रिहत्तर मत प्राप्त गरेका छन् । भने प्रतिनिधि सभाको निर्वाचनमा मात्र उम्मेदवार बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि समानुपातिक तर्फ ५ हजार पाँचसय छैसट्ठी मत प्राप्त गरेको छ ।
दोलखा जिल्लामा कुल १ लाख ६१ हजार चारसय पचास कुल मतदाता रहेकोमा प्रतिनिधि सभा तर्फ कुल ८४ हजार सातसय सत्र मतदाताले मतदान गरेका थिए । जसमध्ये ८१ हजार तीनसय बत्तिस मत सदर भएको थियो भने ३ हजार तीनसय पचासी मत बदर भएको थियो । यस्तै प्रदेश सभातर्पm ८२ हजार नौसय पन्चान्नब्बे मत खसेकोमा ७९ हजार बाउन्न जनाले मतदान गरका थिए । जसमध्ये ३ हजार नौसय त्रीचालिस मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले बताएको छ ।

Shares

Be the first to comment on "समानुपातिकमा एमाले पहिलो"

Leave a comment

Your email address will not be published.


*