समानुपातिककाे नाम टुङ्गो लगाउन राप्रपाले बैठक बाेलायाे

काठमाडौ/राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको छ ।

बैठकले निर्वाचनको समीक्षा एवं प्रतिनिधि सभा तर्फको ७ र विभिन्न प्रदेशसभातर्फको १७ समानुपातिक सदस्य टुङ्गो ​ लगाउन पार्टीकाे बैठक बस्न लागिएकाे राप्रपाले जनाएकाे छ ।

भाेली बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकले
राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभामा जाने ७ जना (५ जना महिला) र २ जना पुरूषकाे नाम तय गर्ने छ । जसमा
खस आर्यबाट पशुपति शम्शेर जबरा जनजातीबाट बुद्धिमान तामाङ, महिला खस आर्यबाट राेषन कार्की
समावेश हुने निश्चित भएकाे छ भने आदिवासी जनजाति महिलाबाट विना लामा महिला दलितबाट अनिसा नेपाली, मधेशी महिलाबाट विना जयसवाल र मुस्लिम, पिछडिएका क्षेत्र वा महिला खसआर्यबाट गिता बस्नेत सिफारिस हुनेछन् । तथापी समानुपातिक नाम सिफारिस गर्नका लागि पार्टी अध्यक्षलाई निर्वाचन अगाबै सम्पूर्ण अधिकार दिईसकेकाे राप्रपाले जनाएकाे छ ।

Shares

Be the first to comment on "समानुपातिककाे नाम टुङ्गो लगाउन राप्रपाले बैठक बाेलायाे"

Leave a comment

Your email address will not be published.


*