समाजसेवी सोभित उप्रेतीको पहलमा दोलखामा विद्यार्थीलाई झोला वितरण

चरिकोट(दीस) ःदोलखाका पाँच सय ९८ जना विद्यार्थीलाई एसएस फाउन्डेसनले झोला वितरण गरेको छ । फाउन्डेसनले विद्यार्थीहरुसँग मित्रता कार्यक्रम अन्तर्गत पाँच विद्यालयका विद्यार्थीलाई विभिन्न समयमा झोला वितरण गरेको हो ।
विपन्न तथा आर्थिक रुपमा कमजोर वर्गका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पु¥याउन झोला वितरण गरिएको फाउन्डेसनका संस्थापक समाजसेवी सोभित उप्रेतीले बताउनु भयो ।
उहाँका अनुसार विरेन्द्र माविका तीन सय १, चन्डिका आधारभूत विद्यालयका एक सय ८, जनज्योति आधारभूत विद्यालयका एक सय ७ जना विद्यार्थी ले झोला प्राप्त गरेका छन् । यस्तै सुर्याेदय प्राविका ४५ र भीमेश्वर बहिरा प्राथमिक विद्यालयका ३८ जना विद्यार्थीलाई एक वटाका दरले झोला वितरण गरिएको छ ।
फाउन्डेसनका सदस्य सदस्य नवराज खड्काले विपन्न तथा आर्थिक रुपमा कमजोर वर्गका विद्यार्थीहरू पढाइबाट वञ्चित नहोउन् भन्ने उद्धेश्यले झोला वितरण गरिएको बताउनु भयो । कतिपय आर्थिक रुपमा कमजोर विद्यार्थीहरुले झोला अभावमा किताबकापी हातमै बोक्नुपर्ने बाध्यता रहेको थियो । फाउन्डेसनले झोला वितरण गरेपछि उक्त बाध्यताबाट विद्यार्थीहरु मुक्त भएको सदस्य खड्काले बताउनु भयो । झोला प्राप्त गरेपछि विद्यार्थीहरु खुशी भएका छन् ।
फाउन्डेसनको प्रमुख उद्धेश्यहरु मध्ये विद्यार्थीहरुको शैक्षिक भविष्य उज्जवल होस् भन्ने रहेको उहाँको भनाई थियो । फाउन्डेसनले विभिन्न समयमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै आएको छ ।

Shares

Be the first to comment on "समाजसेवी सोभित उप्रेतीको पहलमा दोलखामा विद्यार्थीलाई झोला वितरण"

Leave a comment

Your email address will not be published.


*