ईश्वर बिश्वकर्मा
चरिकोट, माघ २७
जुत्ता उद्योग सञ्चालनबाट लखपति बन्न सफल उद्योगी हुन्, भीमेश्वर नगरपालिका ५ माटीका कुमार बयलकोटी । मध्यम वर्ग, गाउँको बसाइ जिम्मेवारी धेरै रहेको थियो उनिप्रति । ९ कक्षासम्मको औपचारिक शिक्षा लिई उद्योगी बन्ने सपना लिएर कुुनै बेला अवसरको खोजीमा लागेका व्यक्ति हुन् बयलकोटी ।
सोही शिलशिलामा करिब २०५२ सालतिर चरिकोटको एक पसलमा काम गर्न थाले । पसल नजिकै एक जुत्ता उद्योग रहेको थियो । उनले उद्योगमा जुत्ता तयारी गरेको ध्यान दिएर हेर्ने गर्दथे । उनले जुत्ता उद्योगबाट केहि कच्चा पदार्थ र फरमा घरमा लान्थे, जुुुत्ता तयारी गर्ने प्रयत्न गर्दथे । उनले केही जुुत्ता तयारी समेत गरेका थिए । जुत्ता तयारी गरेबापत उद्योगका हाकिमले केहि रकम दिने गरेको थियो । यसरी नै उनले स्रोतसाधन भएसम्म जुुुत्ता तयारी गर्न सिके । आफुुले काम गर्ने गरेको पसलबाट १९ सय रुपैँया तलब पाउँदथे, भने जुुत्ता तयारी गरेबापत केही पारिश्रमिक पाउदथे ।
उनले घरेलु तथा साना उद्योग समितिबाट जुत्ता तयारी गर्ने तालिम पनि लिने अवसरपनि पाए । उनलाई जुत्ता उद्योगबाट धेरै आम्दानी हुने गरेको देखेपछि आफुु पनि जुत्ता उद्योगी बन्ने भनेर लागि परे । तर उनि सँग प्रयाप्त पूँजी थिएन । ऋण गर्न पनि कसैले कुनै बैँक तथा सहकारी थिएन । भएकाले पनि पत्याउन्न थियो । उनको जुत्ता उद्योग स्थापना गर्ने सपना सपनामैँ सिमित रह्यो । आफुसँग भएका केही रकमले उनि विदेशतिर लागे । मलेसिया, अफगानस्तान गरि ३ वटा देशमा पैसा कमाउन गएका उनि सोचेजस्तो रोजगारी नपाएको र चित्त बुझ्दो पारिश्रमिक नपाएकाले स्वदेशमा नै फर्किए । करिब ५४ सालतिर विदेशबाट ल्याएको केही रकमसहित बैँकबाट ऋण गरि चरिकोटमा जुत्ता उद्योग सञ्चालन गरे ।
उनले सुरुमा बसपार्कमा जुत्ता उद्योग स्थापना गरे । विभिन्न चुनौतीले गर्दा उनले उद्योग सञ्चालन निरन्तर गर्न सकेनन् । पुन केहि वर्षपछि सातदोबाटोमा उद्योग सारेका उनले २०७१ देखि भालुखोलमा गौरीशंकर छाला उद्योग नामको उद्योग सञ्चालित रहेको छ । उद्योगबाट बार्षिक १८ लाख कमाउने गरेका छन् । छाला जुत्ता उद्योगबाट नुवाकोट र दोलखाका गरि ३ जना युवाहरु स्वरोजगार बनेका छन् । भीमेश्वर नगरपालिका ५ वली गाउँका हिरा मुग्राति, वडा नं २ तिंखातलका रामकाजी रम्तेल र नुवाकोटका दिपक बयलकोटी उद्योगबाट स्वरोजगार बनेको कुमार बताउँछन् । कुमारको उद्योगका स्वरोजगार युवाहरुले स्वदेशमै स्वरोजगार हुन पााएकोमा खुशी लागेको बताउछन् । उद्योगबाट चित्तबुझ्दो पारिश्रमिक पाउने गरेको उनिहरु बताउँछन् । उनिहरुले परापुर्वकाल देखि पुर्खाहरुले गर्दै आएको पेशालाई जोगाउन व्यावसायिक र आधुनिक ढँगले जुत्ता उद्योग सञ्चालन हुनु आफैँमा गर्वको विषय रहेको उनिहरु बताउँछन् ।
कुुुमार भन्छन् “स्वदेशमै कमाई भएपछि विदेश जानु पर्ने बाध्यता हुदैन । सरकारले स्वदेशमै युवाहरुका निम्ति रोजगार सिर्जना गरेर रोक्नुपर्छ । मलाई पनि सुरुमा लगानीको अभाव रह्यो, बैँकबाट चर्को ब्याजमा ऋण लिएर जुत्ता उद्योग खोलेको हुँ । अझै ऋण तिर्न बाँकी छ । तरपनि चिन्ता मान्दिन, किनकि मसँग जोस छ, उद्योग छ, दृढ संकल्प रहेको छ ।”
उद्योग प्रर्वद्धनका लागि सहकारीसँग साझेदारी
बयलकोटीको छाला जुत्ता उद्योगलाई थप व्यवस्थित र प्रचारप्रचार गरि व्यापार बढाउन हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले साझेदारी गरेको छ । सहकारीले आफ्नो सदस्यहरुलाई उद्योगी बन्न प्रेरित गर्न र सञ्चालित उद्योगलाई प्रबद्र्धन गर्न उक्त उद्योगबाट साझेदारी अभियान सुरु गरेको सहकारीले जनाएको छ । सहकारी साझेदारीपश्चात् सहकारीका सदस्यहरुले उद्योगबाट उत्पादित सामग्रीको खरिद गरि बिक्रीमा बृद्धि आउने आशा रहेको बयलकोटी बताउछन् । गत असोज महिनामा सहकारीसँग उद्योगले साझेदारी गरिएको थियो । सहकारीसँग साझेदारी गरिएकाले सहकारीका सदस्यहरुलाई १५ देखि १८ प्रतिशत छुटमा जुत्ता बिक्रि गरिने गरिएको उनले बताए । सहकारीका अनुसार उद्योगलाई आवश्यक जनशक्तिका लागि तालिमको व्यवस्थापन, बजारीकरणका लागि सहयोग गरिने साझेदारी कार्यक्रम मार्फत् गरिने छ । सदस्यसँग साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन सहकारी लागेको छ ।
शैक्षिक सत्रको समयमा दैनिक १५ हजार रुपैँया बराबरको जुत्ता बिक्री
बयलकोटीको गौरीशंकर छाला जुत्ता उद्योगमा उत्पादित जुत्ताहरु शैक्षिक सत्रको समयमा दैनिक १५ हजार रुपैँया सम्मको बिक्री हुने गरेको छ । विषेश गरि शैक्षिक सत्रमा विद्यालयहरु सुचारु हुने भएकाले विद्यार्थीहरुले विद्यालय पोशाकका लागि छालाको जुत्ता अनिवार्य लगाउनुुपर्ने भएकाले उक्त समयमा जुत्ता व्यापार अध्याधिक हुुने गरेको उनले बताए । विवाह लगनको समय लगायतका शुभकार्यको महिनामा पनि जुत्ताको व्यापार धेरै हुने गरेको छ । अरु बेला दैनिक ५ देखि ६ हजारसम्ममा जुत्ता व्यापार हुने गरेको कुुमार बताउँछन् । उनको उद्योगबाट महिनामा १५ सय जोर जुत्ता उत्पादन हुने गर्दछ । साँढे ५ सय देखि ५ हजारसम्मका जुत्ता उनको उद्योगबाट उत्पादित हुन्छ । सस्तो, मँहगो जुत्ता उत्पादन हुने गरेको छ । गौरीशंकर छाला जुत्ता उद्योगको जुत्ता बलियो, मजबुत र वारेन्टीको हुने गरेको छ । कुनै समय मुग्राती जातीले मात्रै गर्ने गरेको जुुत्ता उद्योग पछिल्लो समय अन्य जातिले समेत गर्न थालेकेले बिस्तारै समाज रुपान्तरण हुन लागेको पनि उनले बताए । विगत वर्षदेखि समाजले हेर्ने दृष्टिकोण सकरात्मक हुदैँ गएको उनि बताउँछन् । उद्योगका लागि कच्चापदार्थ थिनेर, सुलेसन, लेदर र सोल काठमाडौंको जडिबुटी, असन लगायतको स्थानाबाट ल्याईने गरेको उनले बताए ।
उनले उद्योग सञ्चालनमा परिवारको पनि भरपुर सहयोग रहेको बताउछन् । छोराले पनि समय मिलेको बेला सहयोग गर्ने गरेकोले जोश, जाँगर र आँट मिलेको बयलकोटीले बताए । कुमारकी श्रीमति भन्छिन् “ श्रीमानले गरेको कामलाई मैले सहयोग नगर्ने कुरा हुदैँन । उनलाई हामीले नै भरथेक गरि हौसला प्रदान गरेकाले नै सफल उद्योगी बन्न सफल भएका छन् । हरेकका खुट्टामा गौरीशकंरको जुत्ता टल्किन्छ खुसी लाग्छ ।”
कुनै समयमा निराशा पैदा हुने भएपनि त्यस्ता निराशालाई मेटाउन परिवारमा छलफल गर्ने गरेको कुमार बताउँछन् । उनि भन्छन् “काम सानो ठुलो हुदैन । काम गर्दा मिहिनेतका साथ गरे एक न एक दिन सफल हुन सकिन्छ । विदेश गएर रगत पसिना बगाउनु भन्दा स्वदेशमै उद्योमी बन्नु बेस हुन्छ ।” यी उद्योगी सफलताको कथाबाट हामीले पनि केहि सिक्ने कि !
Be the first to comment on "“सबैको खुट्टामा गौरीशंकरको जुत्ता टल्केको देख्दा खुसी लाग्छ”"