सप्ताह व्यापी रुपमा मनाइदै पोल्ट्री दिवस

चरिकोट(दीस) ः दोलखामा सप्ताहव्यापी रुपमा दशौँ राष्ट्रिय पोल्ट्री दिवस मनाइदै छ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र दोलखाको आयोजनामा विभिन्न कार्यक्रम गरी सोमबारबाट सप्ताहव्यापी पोल्ट्री दिवस मनाउन सुरु गरिएको हो ।
सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन सोमबार चरिकोटमा आयोजित पत्रकार सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा केन्द्रका पशु विकास अधिकृत डाक्टर धुव्र डिसिले बागमती प्रदेशको कृषि अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पोल्ट्री व्यवसायको वर्तमान अवस्थाको बारेमा समीक्षा गर्दै पोल्ट्री जन्य उत्पादनको उपभोग प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गरी दिवस मनाउन सुरु गरिएको बताउनु भयो । पोल्ट्री जन्य उत्पादको पौष्टिक महत्त्वका बारेमा उपभोक्तालाई जानकारी गराइ दैनिक खाद्यपदार्थमा पोल्ट्रीजन्य उत्पादनलाई समावेश गर्न प्रेरित गनु कार्यत्रमको उद्देश्य रहेको उहाँको भनाई छ ।
सप्ताहब्यापी कार्यक्रम अन्तर्गत मंगलबार बैतेश्वर गाउँपालिकाको हनुमन्तेश्वर माविमा अण्डा तथा मासु उपभोगको महत्व बारेमा शिक्षा सहित अण्डा खुवाउने कार्यक्रम आयोजना गरिने छ । बुधबार गर्भवती महिला, कुपोषण र पुड्कोपना भएका बालबालिकाहरुलाई अण्डा वितरण गरिने छ । बिहिबार पोल्ट्री व्यवसायीसँग छलफल गरिने, पुस १६ गते श्रमिकहरुलाई अण्डाको परिकार वितरण गर्ने र सप्ताहव्यापी कार्यक्रमको अन्त्यमा १७ गते पोल्ट्री दिवस मनाइने डाक्टर डिसिले जानकारी दिनुभयो । यो बर्षको पोल्ट्री दिवसको नारा “पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता, खाद्य र पोषण सुधारः हाम्रो प्रतिबद्धता“ रहेको छ । सरकारीस्तरबाट बाराको परवानीपुरमा निर्मित सेन्ट्रल ह्याचरीको उद्घाटन वि.सं. २०१७ साल पौष १७ गते भएको सन्दर्भमा उक्त दिनको ऐतिहासिक महत्त्वलाई दृष्टिगत गरी वि.सं २०७० सालदेखि हरेक वर्ष पौष १७ गतेलाई राष्ट्रिय पोल्ट्री दिवसका रूपमा मुलुकभर विभिन्न कार्यक्रम गरी मनाईने गरिएको छ ।

Shares

Be the first to comment on "सप्ताह व्यापी रुपमा मनाइदै पोल्ट्री दिवस"

Leave a comment

Your email address will not be published.


*