सन्दीप लामिछाने अवार्डको लागि मनोनयन

एजेन्सी । दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमिएर लिग क्रिकेट खेलिरहेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आइपीएलको इमर्जिङ प्लेयर अवार्डको मनोनयनमा परेका छन् ।  युवा खेलाडीलाई प्रदान गर्ने यस अर्वाडमा सन्दीप पनि मनोनयनमा परेका हुन् । उनले आइपीएलको जारी सिजनमा दिल्लीबाट ४ खेल खेल्दै ५ विकेट लिएका छन् । सुरुआती खेलमा स्थान नबनाएका उनी पछिल्ला ४ खेलमा टोलीमा समावेश थिए । तर पछिल्लो सनराइजर्स हैदरावाद र कोलकता नाइटराइडर्सविरुद्ध खेलमा उनी बेन्चमा बसे । सन्दीप गतसिजनबाट आइपीएलमा आबद्ध भएका हुन् ।  इमरर्जिङ प्लेयर अवार्डको मनोनयनमा सन्दीपसँगै मुम्बई इन्डियन्सका राहुल चहर,रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद सिराज, राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल छन् । पाँच खेलाडीको मनोनयन सार्बजनिकसँगै अवार्डको लागि भोटिङ खुल्ला भएको छ । आईपीएलको आधिकारीक वेवसाईटमा गएर भोट गर्न सकिन्छ । गत सिजनको अवार्ड दिल्लीका रिसब पन्तले पाएका थिए ।

Shares

Be the first to comment on "सन्दीप लामिछाने अवार्डको लागि मनोनयन"

Leave a comment

Your email address will not be published.


*