सन्दीप लामिछानेले आज विश्व–११ बाट वेष्ट इन्डिजविरुद्ध खेल्दै

काठमाडौं । सन्दीप लामिछानेले आज राति वेष्ट इन्डिजविरुद्ध विश्व ११ टिमबाट खेल्दैछन् । इंग्ल्याण्डको लर्डस्मा हुने खेलमा नेपालका सन्दीपले विश्व ११ बाट खेल्न लागेका हुन् ।

खेल नेपाली समयअनुसार राति १० बजेर ४५ मिनेटमा सुरु हुनेछ । विश्व ११ टिमबाट खेल्न लागेका सन्दीप पहिलो नेपाली खेलाडी हुन् । सन्दीप रहेको विश्व एघारको कप्तानी पूर्व पाकिस्तानका कप्तान साहिद अफ्रिदीले गर्दैछन् ।

टिममा सन्दीपसँगै कप्तान साहिद अफ्रिदी, तमिम इक्वाल, रासिद खान, सोयब मलिक, दिनेश कार्तीक, मिचेल म्याक्लागन, साम विलिङ्स, थिसारा परेरा, आदिल राशिद, मोहम्मद सामी र लुकी रोन्ची रहेका छन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका सन्दीपको अहिले सर्वत्र चर्चा छ ।  बंगलादेशका सकिब अल हसनले व्यक्तिगत कारण देखाउँदै विश्व ११ टिमबाट आफ्नो नाम फिर्ता लिएपछि उनको स्थानमा सन्दीपले मौका पाएका हुन् ।

Shares

Be the first to comment on "सन्दीप लामिछानेले आज विश्व–११ बाट वेष्ट इन्डिजविरुद्ध खेल्दै"

Leave a comment

Your email address will not be published.


*