काठमाडौँ, – अवैध खेल सट्टेबाजीमा रु ५५ करोडको कारोबार गरेको फेला परेपछि एक जनालाई पक्राउ गरिएको छ । ‘बेटिङ’ कारोबारमा सङ्लग्न पाँचथर घर भई ललितपुर बस्ने सुनिल राईलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उनलाई बुधबार सार्वजनिक गरिएको हो । अनुसन्धान गर्दा उनले ७५ वटा बैक खाता, एक सय २८ वटा ईसेवा वालेट प्रयोग गरी रु ५५ करोड २० लाख कारोबार गरेको फेला परेको पनि आचार्यले जानकारी दिनुभयो । यस्तै राईले २५ भन्दा बढी जिमेल खोलेको पाइएको तथा अरुको नागरिकता प्रयोग गरी नक्कली खाता खोलेको, हुलियासमेत परिवर्तन गरी अवैध कार्य गर्ने गरेको फेला परेको प्रहरीले आज सार्वजनिक गरेको अनुसन्धान विवरणमा उल्लेख छ । राईबाट एनसेल कम्पनीका ७० सिमकार्ड, ११ वटा नागरिकता, १५ थान राहदानी, २२ वटा चेकबुक र ४२ थान एटिएम कार्डसमेत बरामद गरिएका छन् । उनले बेटिङ एप्लिकेशनमार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेम, जुवा (सट्टाबाजी) गर्ने÷गराउने गरी रकम सङ्कलन गर्ने, क्रिप्टो करेन्सीलगायत गैरकानुनी कार्य गरेको प्रहरीको निष्कर्ष छ । उनीमाथि मुलुकी अपराध संहिताको व्यवस्थाबमोजिम अनुसन्धान एवं कारबाहीका लागि आजै जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । —
सट्टेबाजीमा ५५ करोड कारोबार गर्ने पक्राउ
Posted By: दीक्षण दैनिक १३ मंसिर २०८१, बिहीबार १९:३५
१३ मंसिर २०८१, बिहीबार १८:३३
गौरीशंकर गाउँपालिकामा मतदाता फकाउँदै उम्मेद्वार
१३ मंसिर २०८१, बिहीबार १८:५८
२०८१ मंसिर १३ गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
१३ मंसिर २०८१, बिहीबार २०:१७
खड्का बागमती प्रदेश लोक सेवा आयोग सदस्यमा नियुक्त
१३ मंसिर २०८१, बिहीबार २०:२६
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
१३ मंसिर २०८१, बिहीबार १९:४६
बुढापाकालाई गाउँ रित्तिने चिन्ता
१३ मंसिर २०८१, बिहीबार १९:३९
घरेलु हिंसामा साक्षर महिला बढी पीडित
१३ मंसिर २०८१, बिहीबार १९:३५
सट्टेबाजीमा ५५ करोड कारोबार गर्ने पक्राउ
१३ मंसिर २०८१, बिहीबार १९:५०
सुरक्षण मुद्रण प्रकरण : विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैदको फैसला
१३ मंसिर २०८१, बिहीबार २०:२१
Be the first to comment on "सट्टेबाजीमा ५५ करोड कारोबार गर्ने पक्राउ"