इश्वर बिश्वकर्मा
चरिकोट, फागुन २४
दोलखामा सचेतनामुलक कार्यक्रम गरी सोमबार १ सय ११ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्धिको आधार भन्ने मुल नाराका साथ जिल्लाको विभिन्न पालिकामा ¥याली, लोक गीत, वक्तृत्वकला, भलिबल प्रतियोगिता, अन्तरक्रिया कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । भीमेश्वर नगरपालिकाले दिवसको पुर्वसन्ध्यामा आइतबार अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगीतामा नगरपालिकाका ७ वटा विद्यालयका १२ जना छात्रा तथा छात्रहरुका सहभागिता रहेको थियो । त्यस्तै दिवसको दिन सोमबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । महिला हिंसा र घरेलु हिंसाको घटना दिनानुदिन बृद्धि हुदैँ गएकोले त्यसको रोकथाम र हिंसा अन्त्यका लागि गाउँटोलमा सचेतना कार्यक्रम प्रदान गर्दै हिंसामा संलग्नलाई कानुनी उपचार गर्नुपर्ने वक्ताहरुले जोड दिएका थिए । नेपालको संविधानले महिलाहरुलाई दिएको अधिकारको सुनिश्चितता र कानुनको पुर्ण कार्यान्वयन गर्नुपर्ने, महिलालाई चुलोचौकोमात्र सिमित नराखी राजनिती र प्रशासनसगैँ अन्य क्षेत्रमा समेत महिलाको प्रतिनिधित्व बृद्धि गर्नुपर्ने, महिलाहरुले सञ्चालन गरेको उद्यम प्रर्वद्धनका लागि स्थानीय सरकारले विषेश पहल गर्नुपर्ने, हरेक काममा समान सहभागीता सगैँ समान ज्याला तथा तलबको व्यवस्थापन गर्नुपर्ने वक्ताहरुले धारणा व्यक्त गरेका थिए ।
सोही कार्यक्रमको अवसर पारी आइतबार सम्पन्न वक्तृत्वकला प्रतियोगितामा प्रथम हुन सफल कालिञ्चोक माविका सचिन खरेल, द्धितीय हुन सफल पशुपति कन्या मन्दिर माविका विपना नेपाली, तृतिय भएका कालिञ्चोक माविका काजोल शिवाकोटी र सान्त्वना भएका महेन्द्रोदय माविका अनुसा श्रेष्ठले नगदसहित सम्मान गरिएको थियो । त्यस्तै नगरले नगरका सरसफाईकर्मी विन्दा मुग्राती, रुपा मुग्राती र तारा लामीछानेलाई जनही २ हजारसहित दोसल्ला ओढाएर सम्मान गरेको थियो । नगर उपप्रमुख कमला बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, भीमेश्वर नगरप्रमुख भरत केसी, जिसस उपप्रमुख मनमाया जिरेलसहित महिला अधिकारकर्मीहरुले मन्तव्य व्यक्त गरेका थिए । दिवसकाे अवसरमा सदरमुकाम चरिकोट सातदोबाटोमा सोमबार साँझ दीप प्रज्वलन समेत गरिएको आयोजना गरिएको आयोजकले जनाएका छन् । यता जिल्लाको बैतेश्वर गाउँपालिका वडा नं. ६ स्थित नाम्दुमा महिला हिंसा बिरुद्धको लोकगीत प्रतियोगिता गरिएको थियो । प्रतियोगिता अघि सचेतनामुलक ¥याली प्रदर्शन गरिएको थियो । महिला अधिकार मञ्च दोलखाकी उपाध्यक्ष गोमा दाहालको सभापतित्वमा भएको प्रतियोगितामा ७ वटा समुहको सहभागिता रहेकोमा लक्ष्मी तिवारीको समुह प्रथम, पार्वती नेपालीको समुह द्धितीय र बुथी दमाईको समुह तृतिय र एलिसा घिमिरेको समुह सान्तत्वना भएका थिए । विजयी प्रतियोगीहरुलाई उपहार प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा बैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्य, त्रिपुरा क्याम्पास प्रमुख रमेश क्षेत्री, दलित महिला वडासदस्य सर्मिला नेपाली, महिला वडासदस्य मान कुमारी रिमाल, पत्रकार ध्रुव आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए । शैलुङ गाउँपालिकामा पनि दिवसको अवसरमा लोकगीत प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा वडा नं. ६ को समुह प्रथम, वडा नं. ७ को समुह द्धितिय र वडा नं. ५ को तृतिय भएका थिए । विजयी प्रतियोगीलाई आकर्षक पुरस्कारसहित सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा पालिका अध्यक्ष भरत दुलाल, उपाध्यक्ष लालमाया योञ्जन सहित महिला अधिकारकर्मीले मन्तव्य व्यक्त गरेका थिए । जिल्लाको उत्तरी क्षेत्रको विगु गाउँपालिका वडा नं. ५ मा सांस्कृतिक कार्यक्रम गरिएको थियो ।
Be the first to comment on "अन्तर्राष्ट्रिय नारी दिवस ः दाेलखामा सचेतना मुलक कार्यक्रम गरी मनाइयाे"