इश्वर बिश्वकर्मा
चरिकोट, माघ २५
दोलखामा पहिलो चरणको कोभिड १९ (कोरोना भाइरस) बिरुद्धको खोप अभियान सम्पन्न भएको छ । जिल्लामा गत माघ १४ गते देखि अग्रपंक्तिमा रहेर काम गर्ने २ हजार १ सय ४० जनालाई कोभिड १९ बिरुद्धको कोभिशिल्ड खोप लगाइने लक्ष्यका साथ अभियान सुभारम्भ भएको थियो । उक्त दिनदेखि माघ २३ गते सम्ममा ९ वटै स्थानीय तहमा अग्रपंक्तिमा रहेर काम गर्ने १ हजार १ सय २७ जना महिला र ४ सय १३ जना पुरुष गरी १ हजार ५ सय ४० जनाले खोप लगाएका छन् ।
अर्थात् तोकिएको लक्षित समुह मध्ये ६७ प्रतिशतले खोप लगाएका छन् । जस अनुसार जिल्लाको चरिकोट अस्पतालको खोप केन्द्रबाट १ हजार ३ सय १४ जना र जिरी अस्पतालबाट २ सय २६ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका खोप अधिकृत तुलसी प्रसाद सुवेदीले बताए । उनका अनुसार जिरी नगरपालिकाकामा कार्यरत ३२ जना स्वास्थ्यकर्मी, १ जना अन्य कर्मचारी, ६० जना महिला स्वास्थ्य स्वयमसेविका, ११ जना सरसफाइकर्मी, ४ जना चालक गरी १ सय ८ जना अर्थात् ५६ प्रतिशतले खोप लगाएका छन् । यस्तै जिल्लाको भीमेश्वर नगरपालिकाका १ सय ४२ जना स्वास्थ्यकर्मी, १८ जना अन्य कर्मचारी, ८६ जना महिला स्वास्थ्य स्वयमसेविका, २५ जना सरसफाइकर्मी, ८ जना शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी गरि २ सय ८४ जना अर्थात् ७५ प्रतिशतले खोप लगाएका छन् । शैलङ गाउँपालिकाका २९ जना स्वास्थ्यकर्मी, ३ जना अन्य कर्मचारी, ९४ जना महिला स्वास्थ्य स्वयमसेविका, १२ जना सरसफाईकर्मी गरी १ सय ३८ जनाले अर्थात् ६६ प्रतिशतले खोप लगाएका छन् । त्यस्तै मेलुङ गाउँपालिकाका ३६ जना स्वास्थ्यकर्मी, १ जना अन्य कर्मचारी, १ सय २६ जना महिला स्वास्थ्य स्वयमसेविका, ८ जना सरसफाईकर्मी र १ जना चालक गरी १ सय ७२ जनाले अर्थात् ८० प्रतिशतले खोप लगाएका छन् । ५८ जना स्वास्थ्यकर्मी, २ जना अन्य कर्मचारी, १ सय ३ जना महिला स्वास्थ्य स्वयमसेविका, ७ जना सरसफाइकर्मी, २ जना गरी तामाकोशी गाउँपालिकाका १ सय ७५ जनाले अर्थात् ८० प्रतिशतले खोप लगाएका खोप अधिकृत सुवेदीले बताए ।
बैतेश्वर गाउँपालिकाका २८ जना स्वास्थ्यकर्मी, ८५ जना महिला स्वास्थ्य स्वयमसेविका, ४ जना सरसफाइकर्मी र २ जना चालक गरी १ सय १९ जना अर्थात् ५७ प्रतिशतले खोप लगाएका छन् । विगु गाउँपालिकाका ४३ जना स्वास्थ्यकर्मी, २ जना अन्य कर्मचारी, ८९ जना महिला स्वास्थ्य स्वयमसेविका, ६ जना सरसफाइकर्मी गरी १ सय ४० जनाले अर्थात् ७२ प्रतिशतले खोप लगाएका छन् । र गौरीशंकर गाउँपालिकाका ७३ जना स्वास्थ्यकर्मी, १ जना अन्य कर्मचारी, १ सय २ जना महिला स्वास्थ्य स्वयमसेविका, १८ जना सरसफाइकर्मी र २ जना चालक गरी १ सय ८६ जना अर्थात् ९३ प्रतिशतले कोरोना बिरुद्धको पहिलो खोप लगाएका छन् । त्यस्तै स्वास्थ्य कार्यालय दोलखा र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखा स्वास्थ्यकर्मी गरी १४ जनाले खोप लगाएका छन् । जिल्ला कारागार दोलखाका १ सय ४८ जना कैदीबन्दीलाई पनि कारागारमै पुगी खोप लगादिएको जनस्वास्थ्य अधिकृत सपना केसीले बताइन् । कोभिशिल्ड खोप लगाएपछि केही व्यक्तिमा खोप लगाएको ठाउँमा दुख्ने र सामान्य सुन्निने, टाउको दुख्ने, अल्छी लाग्ने, जीउ दुख्ने, जोर्नी सामान्य दुख्ने, सामान्य ज्वरो जस्ता सामान्य लक्षण देखिए पनि खोप सुरक्षित र प्रभावकारी रहेको कार्यालयले जनाएको छ । पहिलो चरण अन्र्तगत कोभिशिल्ड खोप लगाएकाहरुले खोप लगाएको २८ दिनपछि दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । जिल्लामा २ सय २७ भायल खोप उपलब्ध भएको थियो । जसमध्ये १ सय ५९ भायल खोप लगाइसकिएको छ । ६८ भायल खोप बाँकी रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
Be the first to comment on "सकियो खोप अभियान ः दोलखामा कुन पालिकाका कतिले लगाए ?"