संसद विघटन बिरुद्ध चरिकोटमा जसपाको प्रदर्शन

चरिकोट, पुस ९
संसद विघटन बिरुद्ध जनता समाजवादी पार्टी (जसपा) दोलखाले बुधबार सदरमुकाम चरिकोटमा बिरोध प्रदर्शन गरेको छ ।
संसद विघटन गर्नु अधिनायकवाद र निरंकुशताको पराकाष्ठा भएको भन्दै जनता समाजवादी पार्टी दोलखाले बिरोध प्रदर्शन गरेको हो ।
जसपाका नेताकार्यकर्ताले विभिन्न नारासहितको ¥याली निकालेका थिए । पशुपति डाँडाबाट सुरु भएको विरोध ¥याली बजार परिक्रमा गर्दै सातदोबाटो चोकमा कोण सभामा परिणत भएको थियो । बिरोध सभामा बोल्दै संसद पुनःस्थापनाको माग सहित बिरोध प्रदर्शन गरिएको जसपा दोलखाका अध्यक्ष ललित मगरले बताए । सभामा जसपा दोलखाका उपाध्यक्ष मानविर सुनुवार, सचिव सन्तोष राउत लगायतका नेताहरुले संसद विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै प्रधानमन्त्री र राष्ट्रपतिको चर्को बिरोध गरेका थिए ।

Shares

Be the first to comment on "संसद विघटन बिरुद्ध चरिकोटमा जसपाको प्रदर्शन"

Leave a comment

Your email address will not be published.


*