संसद विघटन विरुद्ध दोलखामा मसाल जुलुस तथा पुत्ला दहन

दीक्षण दैनिक
चरिकोट
दोलखा सदरमुकाम चरिकोटमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या देवी भण्डारीको  पुत्ला दहन गरिएको छ ।
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी निरङ्कुश र अधिनायवादतर्फ उन्मुख भएको भन्दै जिल्लामा रहेका राजनितिक दलका ६ वटा भ्रातृ संघसंगठनले आइतबार साँझ ७ बजे पुत्ला दहन गरेका हुन् । त्यसअघि उनिहरुले मसाल जुलुससमेत प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनमा प्रहरीले सामान्य हस्तक्षेप गरेको थियो ।
पनुस्र्थापित संसदको केपी ओलीले पुनः विघटनको सिफारिस गरी मध्यरातमा राष्ट्रपतिबाट मध्यावधिक निर्वाचन घोषणा गर्नू संविधान माथी प्रहार भएको ठहर गर्दै विरोध प्रदर्शन गरिएको नेपाल विद्यार्थी संघ दोलखाका अध्यक्ष भीम खड्काले बताए । जिल्लामा कोरोना परीक्षण रिपोर्ट सार्वजनिक गर्न बिलम्ब गर्ने, कन्ट्याक ट्रेसिङमा परेकाहरुको परीक्षणमा ध्यान नदिनेको बिरुद्ध पनि प्रदर्शन गरिएको हो । जटिल प्रकृतिका कोरोना संक्रमित बिरामीलाई आवश्यक उपकरणको अभावमा हेलिकप्टर मगाएर उपचारका लागी काठमाडौँ लानु पर्ने बाध्यता रहेको छ । तर जिल्लाका स्थानीय सरकार कोरोना नियन्त्रणमा नभई भ्रष्टचारमा लिप्त भएका छन् । यसका विरुद्ध पनि प्रदर्शन गरिएको अध्यक्ष खड्काले बताए ।
आइतबार नै संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै स्थानीय सरकार तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न र जिल्लाका अस्पतालहरुमा तत्काल अत्यावश्यक मेशिन तथा औषधिको व्यस्थापन गर्न ध्यानाकर्षण गराइएको छ । साथै संसद विघटन विरुद्ध सम्पुर्ण तरुण युवा तथा आम समुदायमा संयुक्त आन्दोलनको आह्वान गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा नेपाल विद्यार्थी संघ दोलखाका अध्यक्ष भीम खड्का, नेपाल तरुण दलका अध्यक्ष दावासाङ्गे शेर्पा, वाइसियल दोलखाका अध्यक्ष नवराज अर्याल, युवा संघ नेपालका अध्यक्ष केशव कार्की, अखिल (क्रान्तिकारी) का अध्यक्ष रोशन खड्का र अनेरास्ववियू दोलखाका अध्यक्ष पुष्पक केसीले हस्ताक्षर गरेका छन् ।

Shares

Be the first to comment on "संसद विघटन विरुद्ध दोलखामा मसाल जुलुस तथा पुत्ला दहन"

Leave a comment

Your email address will not be published.


*