संसद विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि बन्यो संवैधानिक इजलास

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथिको सुनुवाईका लागि संवैधानिक इजलास पुनर्गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षताको इजलासमा अब वरिष्ठताका आधारमा इजलास पुनर्गठन भएको हो । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन् । रिटहरुमाथि आजैबाट सुनुवाई हुने जनाइएको छ । यसअघि गठित इजलासका विषयमा विवाद भएपछि आज पुनः पुनर्गठन भएको हो ।

Shares

Be the first to comment on "संसद विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि बन्यो संवैधानिक इजलास"

Leave a comment

Your email address will not be published.


*