संसद विघटनविरुद्को मुद्दाको सुनुवाइ एक साता पछि हुने

काठमाडाैं : संसद विघटनविरुद्को मुद्दाको सुनुवाइ फेरि एक सातालाई सरेको छ। न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने बताएपछि सुनुवाइ स्थगन भएको हो। अर्को पेसी पुस २९ गतेलाई तोकिएको छ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीश कार्की इजलासमा बसेपछि प्रश्न उठाएका थिए। उनले विगतमा प्रधानमन्त्री केपी ओलीकै सल्लाहकार भएकाले संवैधानिक इजलासमा कार्कीबारे प्रश्न उठाएका हुन्।

न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश कार्कीसहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी तोकेका थिए ।

Shares

Be the first to comment on "संसद विघटनविरुद्को मुद्दाको सुनुवाइ एक साता पछि हुने"

Leave a comment

Your email address will not be published.


*