संघको अध्यक्षमा पुःन चौलागाई निर्वाचित

चरिकोट –जिल्ला सहकारी संघ लिमेटेडको दोलखाको १४ औं बार्षिक साधारण सभाबाट संघको आगामी ४ वर्षको लागि अध्यक्षमा हेमन्त चौलागाई निर्वाचित भएका छन । शनिबार भएको साधारण सभाले उनलाई दोस्रो पटक अध्यक्षमा निर्वाचित गरेको हो । संघको महासचिवमा कृष्ण प्रसाद दहाल तथा कोषाध्यक्षमा सरुणा बस्नेतलाई निर्वाचित गरेको छ । सदस्यमा रुपा भुजेल, सुमित्रा फुयाँल, दिल बहादुर के.सी. पुष्पा जिरेल , श्रीराज पोखरेल,मिन कुमार श्रेष्ठलाई निर्वाचित गरेको छ । उपाध्यक्षमा देवि शर्मा फुयाल र रत्न श्रेष्ठको उम्मेद्धावारी परेसँगै त्यसमा निर्वाचन हुन बाँकी रहेको जनाइएको छ । लेखा सुपरिवेक्षणमा सदस्यमा विकास विकास चौलागाई र सपना श्रेष्ठलाई निर्विरोध निर्वाचित भए पनि संयोजकमा २ जना उम्मेद्धारी परे सँगै त्यसको पनि निर्वाचन हुन बाँकी रहेको जनाइएको छ । संयोजकमा केदार रिमाल र पुस्कर दहाल र भिमेश्वरको सदस्यमा नवराज रिजाल र राजन श्रेष्ठ विच मंसिर ७ गते निर्वाचन तोकिएको छ । हाल संघमा दोलखामा ४ सय ३४ वटा सहकारी आवद्ध रहेका छन ।





Shares

Be the first to comment on "संघको अध्यक्षमा पुःन चौलागाई निर्वाचित"

Leave a comment

Your email address will not be published.


*