श्रीमानको मृत्यु भएपछि आफूपनि आफ्नो मुटु संगै जान लागेको लेखेर श्रीमतीद्धारा आत्माहत्या

 

चरिकोट(दीस)– दोलखाको बिगु गाउँपालिकामा आइतबार बोलेरो दुर्घटना परी श्रीमानको मृत्यु भएको खबर सुनेपछि सोही रात श्रीमतीले आत्मा हत्या गरेकी छिन् । दोलखाको गौरीशंकर गाउँपालिका २४ बर्षका सुबिन तामाङको बोलेरो दुर्घटनामा ज्यान गएको थियो ।श्रीमानको मृत्यु भएको खबर सुनेपछि हाल साइप्रसमा घरेलु कामादारको रुपमा काम गर्ने उनकी श्रीमती बर्ष २३ की शुक्रि तमाङले आत्महत्या गरेकी छिन ।मृतक युवतीले टिकटक भिडियोमा “आफ्ना आमा बुबा सासू ससुरासँग माफी याचना गर्दै आफू पनि आफ्नो “मुटु” संगै जान लागेको लेखेर ।” आत्मा हत्या गरेकी छिन् । उनको बिबाह भएको एक बर्षमा उनी घरेलु कामदारको रुपमा साईप्रस गएकी स्थानीयले बताएका छन् । आइतबार उनको श्रीमान बोलेरो दुर्घटना हुँदा ज्यान गएको थियो । दुर्घटनामा एक जना महिला घाइते भएकी थिइन ।

Shares

Be the first to comment on "श्रीमानको मृत्यु भएपछि आफूपनि आफ्नो मुटु संगै जान लागेको लेखेर श्रीमतीद्धारा आत्माहत्या"

Leave a comment

Your email address will not be published.


*