बैशाख ३, दोलखा । श्रीमतीको हत्या अभियोगमा पुर्पक्षको लागि चरिकोट जेलमा थुना रहेका कालिञ्चोक गाउँपालिका–६, लापिलाङका २८ बर्षिय हिमाल थामीले शुक्रबार जेलकै शौचालयमा आत्महत्या गरेका छन् ।
गत फागुन ८ गते बिहान आफ्नी २१ बर्षिय श्रीमती सुनिता थामीको हत्या अभियोगमा करिब एकमहिनादेखि पुर्पक्षको लागि जेलमा रहेका थामीले शुक्रबार बिहान करिब ११ बजे आफैंले लगाएको हुक्सको डोरीको पासो लगाई आत्महत्या गरेको दोलखाका प्रहरी प्रमुख डीएसपी भेषराज रिजालले जानकारी दिए ।
थामी श्रीमतीलाई खुकरी प्रहार गरी हत्या गरेको अभियोगमा कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका थिए । शुक्रबार बिहान खाना खाएर करिब पौने ११ बजे शौचालय गएका थामीले बाहिर निस्किन ढिला गरेपछि लाइनमा रहेका कैदीले जेल प्रशासनलाई जानकारी गराएका थिए ।
तत्कालै शौचालयको ढोका फुटाउँदा फुटाउँदै थामीको मृत्यु भईसकेको चरिकोट कारागारका निमित्त प्रमुख पदम केसीले जानकारी दिए । मृतकका आफन्त आएपछि मुचुल्का गरेर शौचालयबाट लाश निकाली पोष्टमार्टम गरिने निमित्त प्रमुख केसीले जानकारी दिए । आत्महत्या भएको कारण पोष्टमार्टम पछि लाशलाई आफन्तको जिम्मा लगाईने उनले बताए । मृतक हिमालको कान्छि श्रीमतीपटिको १५ महिने छोरा र जेठी श्रीमतीपटिको ४ बर्षिय गरी २ ओटा छोरा रहेका छन् ।
Be the first to comment on "श्रीमती हत्याको अराेप लागेका श्रीमानद्वारा कारागारमा अात्माहत्या"