शैलुङ गाउँपालिका ४ ले काठमाडौैंमा शिविर संचालन गर्ने

चरिकोट(दीस)ः शैलुङ गाउँपालिका वडा नम्बर चारले काठमाडौँमा अस्थायी बसोबास गर्ने वडाबासीहरुलाई लक्षित गर्दै प्रशासनीक सेवा दिने शिविर सँञ्चालन गर्ने भएको छ । वडाले काठमाडौंमा अस्थायी बसोवास गरिरहेकाहरुको सुविधालाई ध्यानमा राख्दै सो शिविर सञ्चालन गर्ने भएको हो ।
भाद्र ६ गते देखि ८ गते सम्म काठमाडौं उपत्यका भित्र अस्थायी बसोबास गरी काम काज गरिरहेका वडाका स्थायी वासिन्दाहरुलाई लक्षित गर्दै वडा बाट प्रदान गरिने सम्पुर्ण सेवा दिने गरी शिविर संचालन गर्न लागिएको वडाध्यक्ष झम्कबहादुर कार्कीले जानकारी दिनुभयो । शिविरमा पञ्जिकरण अन्तर्गतका सेवाहरु, सामाजिक सुरक्षा भत्ता कार्ड बनाउने , नविकरण गर्ने लगायतका कामहरु गरिने उहाँको भनाई रहेको छ ।

Shares

Be the first to comment on "शैलुङ गाउँपालिका ४ ले काठमाडौैंमा शिविर संचालन गर्ने"

Leave a comment

Your email address will not be published.


*