चरिकोट (दीस) –दोलखाको शैलुङ गाउँपालिकाले अगामी आर्थिक बर्ष २०७७/०७८ को लागि ५८ करोड २२ लाख ४४ हजार रुपैँयाको बजेट ल्याएको छ । बुधबार पालिकाकी उपाध्यक्ष लाल माया योन्जनले सातौ गाउँ सभा तथा नीति तथा कार्यक्रममा प्रस्तुत गरेको बजेटमा चालु खर्च तर्फ रु. २६ करोड ४२ लाख ६९ हजार अर्थात् ४५.३९ प्रतिशत र पूँजीगत खर्चतर्फ रु.३१ करोड ७९ लाख ७५ हजार अर्थात् ५४.६१ प्रतिशत बिनियोजन गरिएको छ । जसमा राजस्वबाट रु. ९ करोड २६ लाख ६६ हजार ४ सय ७०, संघीय सरकारबाट समानिकरण अनुदान रु. ११ करोड ६३ लाख, सशर्त अनुदान रु. १९ करोड ६३ लाख, विशेष अनुदान रु. ३ करोड ६० लाख, प्रदेश सरकारबाट समानीकरण अनुदान रु. ९९ लाख ८९ हजार, सशर्त अनुदान रु. २ करोड ९२ लाख ९९ हजार, प्रदेश समपुरक अनुदान तर्फ रु १ करोड र जिल्ला समन्वयसमितिबाट प्राप्त हुने रकम रु. ३७ लाख रहेको छ ।
Be the first to comment on "शैलुङ गाउँपालिका बजेट ः५८ करोड २२ लाख (बजेटको योजनामा सुची सहित )"