शैलुङ गाउँपालिकालद्धारा मुडे–मेलुङ सडकको ठेक्का रद्ध गर्न माग

चरिकोट–शैलुङ गाउँपालिकालद्धारा मुडे–मेलुङ सडकको ठेक्का रद्ध गर्न सरोकारवाला निकायलाई बुधबार अनुरोध गरेको छ । सो सडक निर्माण गर्न ९ करोडमा ठेकेदार कम्पनी द कञ्चन जंघा लामाविल्डर्स जेभी, सुकेधारा, काठमाडौंले कामको जिम्मा लिएको थियो । सिन्धुपाल्चोकको मुडे बजारबाट दोलखाको मेलुङ जोड्ने मुडे मेलुङ सडक अन्तर्गत निगाले बजारबाट १६ किमी सडकको स्तरोन्नतिको काम ठेकेदारको चरम लापरबाहीका कारण ४ वर्ष अघि ठेक्का लागेको हो । २०७१ साल असार २९ गते १० करोड ३१ लाख ४९ हजार ७४९ मा ०७२ असार मसान्तसम्ममा पूरा गर्ने गरी सम्झौता भए तापनि थप भएको २ वर्षसम्म २६ प्रतिशत मात्र प्रगति भएको छ ।
ठेकेदार कम्पनी द कञ्चन जंघा लामाविल्डर्स जेभी, सुकेधारा, काठमाडौंले कामको जिम्मा लिएको हो । काम सम्पन्न गर्ने गरी ठेका लिएको ठेकेदार कम्पनीले समयमा काम सम्पन्न गर्न नसके पछि २०७३ आसार मसान्तमा काम सक्ने गरी ठेक्काको म्याद थपिएको थियो ।
पछिल्लो पटक भुकम्प तथा इन्धन अभावको कारण देखाई ठेकेदारले म्याद थपका लागि माग गर्दा सडक विभाग पछिल्लोपटक २०७४ साल असार ३० सम्म म्याद थप गरेका डिभिजन कार्यालय दोलखाले जनाएको छ । त्यसपछि उसले कुनै पनि काम नै नगरेको सडक कार्यालयले जनाएको छ ।
ठेक्का सम्झौता अनुसार ठेकेदारले सडक स्तरोन्नति अन्तर्गत १६ किलोमिटर सडकमा कल्भर्ट, कजवे, सोलिङ तथा ग्राभेल लगायतको काम गर्नु पर्ने हुन्छ । तर हालसम्म ठेकेदारले सामान्य सडक विस्तारका लागि माटो कटिङको काम र वाल लगाउने काम बाहेक अन्य काम नगरेको स्थानीयहरु गुनासो गर्दछन् ।
‘वर्षातको समयमा त डकमा धान रोपे पनि हुन्छ, हिउँदमा पनि सिम सिम पानी आउनासाथ मोटर चल्दैन’ शैलुङ ४ का वडा अध्यक्ष ध्रुव श्रेष्ठले भने ‘केही दिन यता पानी पर्न थालेकाले मेडबाट उता बस जानै छाड्यो ।’ यो सडकबाट शैलुङ गाउँपालिकाका १० वटा वटा, मेलुङ गाउँपालिकाका ५ वटा वडा, रामेछापको दोरम्बा गाउँपालिकाका ३ वटा वडाले यही सडक प्रयोग गर्छन् ।
विशेष गरी शैलुङ गाउँपालिकाको लाईफ लाइन यो सडक नबन्नाले शैलुङ गाउँपालिकाले प्रत्येक वडामा पुग्नकालागि खनेको १० वटा सडकहरु पनि अर्थ्हिन बन्न पुगेको दुलालको भनाई रहेको छ । ‘हामीले गाउँपालिकाको बजेटबाट प्रत्येक वडामा पुग्नका लागि करिब ५० किलोमिटर ७ मिटर चौडा सडक बनाएका छौं तर के गर्नु यो सडक नबने सम्म ती सडक राम्रा बनेर मात्र के गर्नु ? सबै सडक जोडिने त त्यही सडकमा हो ।’ दूलालाले दुखेसो पोखे ।
सडक नवनेकै कारण भुकम्प पूनः निर्माणमा कार्य पनि महंगो बन्न पुगेको उनले बताए । ‘ठूला मालबाहक ट्रक चल्न सक्दैनन् सान फोरह्वील मालवाहक गाडिमा निर्माण सामग्री ल्याउँदा महंगो पर्छ ।’ गिटी बालुवा, सिमेन्ट, फलामा जस्ता निर्माण सामग्री महंगो पर्नाले मानिसहरु ठूलो मारमा परेका छन्, दुलालले भने ।
साथैै शँैलुङ गाउँपालिका उच्च भागहरुको मुख्य उत्पादन आलु हो । आलु ढुवानी पनि सडक नबन्नाले महँगो पर्न गएको आलु उत्पादक किसानहरुले गुनासो गरे । सडक नवन्नाले प्रसिद्ध पर्यटकीय स्थल शैलुङको पर्यटन प्रबर्धनमा पनि समस्या भएको भैंसे बजारका होटल ब्यावसायीहरुले बताए ।
डिभिजन कार्यालय चरिकोटका डिई अशोक तिवारीले आफूले सम्पर्क गर्दा म्याद धेरै पहिले नै सकिए तापनि ठेकदार कम्पनीले काम गर्छु मात्र भनेको तर काम चाहिँ नगरेको बताए । काम गरेको रनिङ विलको बमोजमको रकम दिन कार्यालयमा रकम नभएकोले दिन नसकिएको पनि उनले स्वीकार गरे ।

Shares

Be the first to comment on "शैलुङ गाउँपालिकालद्धारा मुडे–मेलुङ सडकको ठेक्का रद्ध गर्न माग"

Leave a comment

Your email address will not be published.


*