शैलुङ गाउँपालिकामा कृत्रिम गर्भाधान कार्यक्रम सुचारु

दीक्षण समाचार ÷चरीकोट, –दोलखाको शैलुङ गाउँपालिकाले नश्ल सुधारको लागि गाई, भैँसी र बाख्रामा कृतिम गर्भाधान कार्यक्रम सुरु गरेको छ । पालिकाको पशुपन्ंछी विकास शाखाले फागुन १० गतेदेखि कृतिम गर्भाधान कार्यक्रम सुरुवात गरेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष दाहालले बताउनुभयो । आफुले पालेका गाई, भैँसी र बाख्रामा कृतिम गर्भाधान गराउन चाहने कृषकले उपयुक्त समयमा पशुपन्छी विकास शाखामा सम्पर्क गर्न सक्ने उहाँले बताउनु भयो । स्थानीय जातबाट नै वर्णशंकर जातको पशु उत्पादन गरी दुध तथा मासु उत्पादन वृद्धि गर्न, साँढे पाल्ने झन्झटबाट मुक्त हुन, हाड नाता प्रजनन हुनबाट रोक्न र संक्रामक रोगहरुबाट पशुचौपाया बचाउन कृतिम गर्भाधान महत्वपूर्ण छ । त्यसैले पालिकामा सम्पर्क गरी कृतिम गर्भाधान सेवा लिई लाभान्वित हुन पालिकाले अनुरोध गरेको हो । गाई भैँसीले बालि खोजेको १२ देखि १९ घण्टा भित्र र बाख्राले बालि खोजेको २० देखि ४० घण्टा भित्र कृतिम गर्भाधान गराउन सकिने पालिकाले जनाएको छ । चन्चल हुने, कराउने, अर्को पशु माथि उक्लिने र अर्को पशुलाई उक्लन दिने, योनी फुल्ने, पातलो सेफ बगाउने, बिस्तारै सेफ बाक्लो हुँदै जाने, ढाडमा हात राख्दा शरीर तन्काउने र तारन्तार पिसाब फेरिरहने लक्षणहरु देखिए पशुहरुले साँढे, राँगा तथा बोका खोजेको मानिन्छ ।

Shares

Be the first to comment on "शैलुङ गाउँपालिकामा कृत्रिम गर्भाधान कार्यक्रम सुचारु"

Leave a comment

Your email address will not be published.


*