शैलुङ गाउँपालिकामा ःमौरी घारको विवादले दाजुभाईको झगडा हुँदा दाजुको ज्यान गयो

चरिकोट (दीस) –मौरी घारको विवादले दाजुभाईको झगडा हुँदा दाजुको ज्यान गएको छ । बिवादले उग्ररुप लिए पछि हिजो साँझ दोलखाको शैलुङ गाउँपालिका वडा ३ मा ५३ बर्षका भाई राम बहादुर खडकाले ५७ बर्षका दाजु दुर्गा बहादुर खडकालाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । घाइते दाजुको धुलिखेल अस्पतालमा उपचार क्रममा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक रेशम बोहोराले जानकारी दिनु भयो । भाई राम खडकालाई प्रहरीले घटनास्थलबाट पक्राउ गरि थप अनुसन्धान गरिरहेको उहाँले बताउनु भयो ।

Shares

Be the first to comment on "शैलुङ गाउँपालिकामा ःमौरी घारको विवादले दाजुभाईको झगडा हुँदा दाजुको ज्यान गयो"

Leave a comment

Your email address will not be published.


*