शैलुङ गाउँपालिकाले १ सय ५० कृषकको निशुल्क माटो परिक्षण गरिदिने

ईश्वर बिश्वकर्मा÷चरिकोट, पौष २३–दोलखाको शैलुङ गाउँपालिकाको १ सय ५० कृषकको माटो परिक्षण गरिने भएको छ । कृषि उत्पादन बृद्धिका लागि गाउँपालिकाका कृषकहरुको खेतबारीको माटोको नमुना परिक्षण गरिने भएको हो । माटो परिक्षण गर्न लाग्ने शुल्क भने गाउँपालिकाले नै ब्योर्हाेने बताइएको छ । माटो परिक्षणका लागि पालिकामा २ लाख रुपैँया प्राप्त भएको पालिकाले जनाएको छ । गाउँपालिकाको १, २, ३, ६ र ८ वडाका कृषकहरुको माटो परिक्षण गरिने गाउँपालिकाकाले जनाएको छ । सो वडाहरुको माटोको नमुना संकलन भइसकेकोले परिक्षणका लागि ग्रामिण विकास टुकी संघ चरिकोटमा अवस्थित माटो परिक्षण प्रयोगशालामा सुरक्षित लगिने गाउँपालिकाकी कृषि शाखाकी गंगामाया जिरेलले बताइन् । गत आर्थिक वर्ष २०७५÷०७६ मा भने ५, ७ र ४ वडाको माटो परिक्षण गरिएको उनले बताइन् । माटोको नमुना परिक्षण पश्चात् माटोमा रहेको अम्लियपन हटाउन र माटोको प्राङगारिक पदार्थ बृद्धिका लागि चुन प्रयोग गर्नू पर्नेभएकाले गाउँपालिकाले सो को पनि व्यवस्थापन गरिदिने जिरेलले बताइन् । पछिल्लो समय रासायनिक मल र विषादीको प्रयोगले माटोको उर्वराशक्ती कमजोर भएकोले प्राङगारिक मलमा जोड दिने ज्ञानसहित माटो परिक्षण गर्न लागिएको पालिकाले जनाएको छ । विज्ञहरुका अनुसार प्राङगारिक मलको प्रयोग अन्नबालीमा प्रयोग गरेमा माटो जिवित रही अन्नबालीको उत्पादन बृद्धि हुन जान्छ ।

Shares

Be the first to comment on "शैलुङ गाउँपालिकाले १ सय ५० कृषकको निशुल्क माटो परिक्षण गरिदिने"

Leave a comment

Your email address will not be published.


*