शैलुङ गाउँपालिकाका किसानले दक्षिण कोरिया गएर तालिम गर्न पाउने

चरिकोट (दीस)– दोलखाको शैलुङ गाउँपालिकाका किसानले दक्षिण कोरिया गएर तालिम गर्न पाउने भएका छन् । दक्षिण कोरियाको स्थानीय तहको सहकार्यमा शैलुङ गाउँपालिकाका अगुवा किसानहरूले ३ महिने तालिमको लागि अवसर पाउने भएका हुन् । तालिममा सहभागि किसान ३ महिना पछि अनिवार्य रुपमा नेपाल फिर्ता हुनुपर्ने शर्त रहेको गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताए । तालिममा जाने किसानले नेपाल सरकार र कोरिया सरकारको दुवै स्थानीय सरकारको नियम अनिवार्य स्वीकार गर्नुपर्ने बताइएको छ । नेपालबाट गएका किसानलाई कोरियाको सरकारले अगस्ट , सेम्टेम्बर अक्टोबर सम्म तालिम दिने पालिकाका अध्यक्ष दुलालले जानकारी दिए । तालिममा जाने किसानले १० दिन कोरिया सरकारको क्वारेन्टाइनमा बस्नु पर्ने छ । सो तालिम लिन जाने किसानको ४ लाख खर्च हुने र फर्किदा ३ लाख बचत हुने पनि अध्यक्ष दुलालले जानकारी दिए । कोरिया जाने किसानको उमेर ३० वर्ष देखि ५० बर्ष भित्रका उमेर समुहको हुनुपर्ने र शैलुङ गाउँ पालिका नागरिक हुनुपर्ने नियम रहेको जनाइएको छ ।तालिममा सय देखी दुई सय किसानले अबसर पाउने पनि अध्यक्ष दुलालको भनाई रहेको छ ।

Shares

Be the first to comment on "शैलुङ गाउँपालिकाका किसानले दक्षिण कोरिया गएर तालिम गर्न पाउने"

Leave a comment

Your email address will not be published.


*