शैलुङ्गमा महोत्सव आजबाट सूरु

चरिकोट –  शैलुङ्गमा आजबाट शैलुङ्ग महोत्सव  सुरु भएको छ । आज महोत्सवको  प्रतिनिधी सभाका  सांसद पार्वत गुरुङ ,श्याम श्रेष्ठ तथा शान्ती माया पाख्रिनले संयुक्त रुपमा उद्धघाटन गरेका थिए । नेकपाका अध्यक्ष पुष्प कमल दहाल प्रचण्डले  महोत्सवको उद्धघाटन गर्ने कार्यक्रम रहेको भए पनि मौसमको कारण दहाल समारोहमा उपस्थीत हुन सकेनन्  ।
महोत्सव  आज देखि ३ दिन सम्म चल्ने जनाइएको छ  । शैलुङ क्षेत्रमा आन्तरिक तथा बाहृय पर्यटकको आगमनको सङ्ख्या वृद्धि गर्ने उदेश्यका साथ महोत्सव गरिएको  शैलूङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताए ।शैलुङ देशको नै पबित्र स्थल भएको पनि दुलालले बताए ।
शैलुङको प्रर्वधनको लागि ३ वटा गाँउपालिकाको सहकार्यमा महोत्सव गरिएको  दोरम्वा गाँपालिकाका  अध्यक्ष कमान सिहं तामाङले बताए । बुद्धको तपोभुमिको प्रचार गर्न महोत्सव गरिएको पनि अध्यक्ष तामाङले बताए ।
त्यसैगरी मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले केही बर्ष पछि देशको नै पर्यटककिय गन्तव्य हुने दावी गरे । केही बर्ष पछि त्यस क्षेत्रमा ठुला होटल निर्माण हुने पनि उनले बताए ।महोत्सवमा स्थानीय स्टलहरु राखिएको छ । महोत्सव हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरु घुँइचो रहेको छ ।
पहिलो चरणमा रामेछापको दोरम्बा गाउँपालिकाको आयोजनामा  खोलाखर्कमा महोत्सव हुन लागेको हो  । दोरम्बाले यस अघि नै महोत्सव गर्ने घोषणा गरेर तयारी थालेकाले पहिला उसैलाई व्यवस्थापन गर्न सहमति भएको छ । अर्को वर्ष दोस्रो शैलुङ महोत्सव शैलुङ गाउँपालिकाको कालापानीमा गर्ने र तेस्रो महोत्सव मेलुङ गाउँपालिकाले फुर्के सल्लामा गर्ने भएको छ ।महोत्सवमा दर्जनै कलकारहरूको साँगीतिक प्रस्तुति हुने छन् ।
शैलुङ महोत्सवमा सिन्धुपाल्चोकको मुडे हुँदै ढुंगे, खोला– खर्क भएर शैलुङ पुग्नेछ भने मन्थलीदेखि खिम्ति–फुलासी–देवीटार हुँदै शैलुङसम्म अर्को रुटबाट पुग्न सक्नेछ । अर्को रुट सित्खादेखि खाँडादेवी हुँदै शैलुङसम्मको सडक मार्ग तथा पैदल गन्तव्यहरूबाट पुग्नसक्ने छन् ।
।  महाभारत क्षेत्रको सबैभन्दा अग्लो डाँडो शैलुङ सय वटा थुम्का मिलेर बनेको छ । यहाँबाट चाँदीको घेरा जस्तै सगरमाथा, रोल्वालिङ, जुगलदेखि अन्नपूर्ण हिमश्रृखलासम्म अवलोकन गर्न सकिन्छ ।
Shares

Be the first to comment on "शैलुङ्गमा महोत्सव आजबाट सूरु"

Leave a comment

Your email address will not be published.


*