शैलुङमा सफ्टवेयर तालिम ः प्रशासनिक कार्य सहज हुने

ईश्वर बिश्वकर्मा
चरिकोट, असार २४
दोलखाको शैलुङ गाउँपालिकामा प्रशासनिक कार्यलाई सहज र प्रभावकारी बनाउन ५ दिने सफ्टवेयर तालिम सम्पन्न भएको छ ।
पालिकाको सभाहलमा भएको तालिम गत असार २० गतेदेखि सुरु भई सफ्टवेयरको प्रयोग गर्ने उद्धेश्य सहित बुधबार सम्पन्न भएको हो ।
तालिममा ८ वटै वडाका वडा सचिवसहित कम्प्युटर सम्बन्धी ज्ञान भएका करिब २० जनाको सहभागिता रहेको थियो ।
तालिमको सहजीकरण पालिकाका सुचना अधिकृत ठमिर प्रसाद घिमिरेले गरेको थिए ।
आगामी आर्थिक वर्ष २०७७÷०७८ मा गाउँपालिकाले एवं नेपाल सरकारले लागु गरेको सफ्टवेयरहरु दर्ता चलानी, प्रमाणपत्र व्यवस्थापन, जिन्सी व्यवस्थापन, कर संकलन, अनलाइन घटना दर्ता लगायतको प्रणालीमा सफ्टवेयरको अनिवार्य प्रयोग गर्ने उद्धेश्यले तालिम आयोजना गरिएको हो ।
गाउँपालिकाको प्रशासनिक कार्यलाई सहज, सरल र प्रभावकारी रुपमा सम्पादन वा सम्पन्न गर्न आधुनिक प्रविधीको प्रयोगमा जोड दिइएको पालिकाका अध्यक्ष भरत प्रसाद दुलालले बताए ।
उनले भने “हातले लेखेर काम गर्ने समय गयो । अब प्रविधीको उच्चतम प्रयोग गरि कार्यलाई सहज बनाउन जोड दिनुपर्छ । ५ दिनको तालिमले बाटो देखाएको छ । अब प्रयोग गरेपछि क्षमता बृद्धि हुदैँ जान्छ ।” तालिमबाट कर्मचारीहरुले सेवाग्राहीलाई फरक किसिम र सहज तरिकाले सेवा प्रदान गर्ने उनले बताए । सिकेका कुरालाई व्यवहारमा लागु गरि प्रविधि प्रयोगमा पहिलो बन्न उनले सबैलाई आग्रह गरे ।

Shares

Be the first to comment on "शैलुङमा सफ्टवेयर तालिम ः प्रशासनिक कार्य सहज हुने"

Leave a comment

Your email address will not be published.


*