चरिकोट, २२ मंसिर। गएको एक महिनाअघि सञ्चालन गरिएको निःशुल्क आँखाको मोतिबिन्दु शल्यक्रिया शिविरमा सहभागी बिरामीहरूको फलोअप चेकजाँच सम्पन्न भएको छ। मातृका आँखा केन्द्रको आयोजना, सहआयोजना फाइट फर लाइफ नेपाल, र शैलुङ गाउँपालिका वडा नम्बर ८ को स्थानीय आयोजनामा गरिएको निःशुल्क शिविरका ६८ जना बिरामीहरूको आँखाको फलोअप चेकजाँच सम्पन्न भएको मातृका आँखा केन्द्रका प्रशासकीय प्रमुख कल्याण ढुङ्गानाले जानकारी दिनुभएको छ।
बर्षौंदेखि आँखा नदेख्ने वृद्धवृद्धाहरूले शल्यक्रियापछि खुसी व्यक्त गर्दै आफूलाई आँखा देख्न मद्दत गर्ने मातृका आँखा केन्द्र (पुरानो बानेश्वर) र शिविरका लागि सहयोग गर्ने दोलखाली छोरा तथा वरिष्ठ समाजसेवी शोभित उप्रेतीलाई धन्यवाद व्यक्त गरेका छन्।
आज शनिबार सम्पन्न फलोअप चेकजाँच कार्यक्रममा मातृका आँखा केन्द्रका अध्यक्ष सुरज श्रेष्ठको पनि उपस्थिति रहेको थियो। स्थानीयले आँखाको शिविर आर्थिक अवस्था कमजोर भएका आँखाका रोगीहरूका लागि अत्यन्तै लाभदायक बनेको बताएका छन्।
Be the first to comment on "शैलुङमा निःशुल्क आँखाको मोतिबिन्दु शल्यक्रिया गरिएकाहरूको फलोअप चेकजाँच सम्पन्न"