शैलुङमा जातीय छुवाछुत मुक्त अभियान सञ्चालन गरिने

इश्वर बिश्वकर्मा
चरिकोट, साउन १
दोलखाको शैलुङ गाउँपालिकाले जातीय छुवाछुत मुक्त अभियान सञ्चालन गर्ने भएको छ ।
चालु आर्थिक वर्ष २०७७÷०७८ मा जातीय छुवाछुत मुक्त शैलुङ निर्माण गर्ने लक्ष्य सहित अभियान सञ्चालन गरिने भएको हो ।
अभियानका लागि ५ लाख रुपैयाँ रकम विनियोजन गरिएको अध्यक्ष भरत प्रसाद दुलालले बताए । जातको आधारमा हुने छुवाछुत र भेदभाव अन्त्यका लागि अभियान सञ्चालन गर्ने योजना बनाइएको उनले बताए ।
। दलित अगुवा, दलित जनप्रतिनिधी र जनप्रतिनिधीबिच छलफल गरि अभियान अन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रम गरिने कार्यापालिका सदस्य चेत बहादुर बिश्वकर्माले बताए । कोरोना भाइरस नियन्त्रण र रोकथामा भएपछि अभियान सञ्चालन गरिने उनले बताए ।

अभियानका लागि विनियोजित बजेट कोरोना कोषमा
गत आर्थिक वर्ष २०७६÷०७७ मा जातीय छुवाछुत मुक्त अभियानका लागि छुट्याएको बजेट पालिकाले कोरोना कोषमा जम्मा गरेको छ ।
पालिकाले अभियानका लागि ५ लाख रुपैयाँ रकम विनियोजन गरेको थियो । तर कोरोना भाइरस महामारीको कारण अभियान सञ्चालन गर्न नसकिने भएपछि बजेट कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गरिएको अध्यक्ष दुलालले बताए । वडा नं ४ का अध्यक्ष एवं पालिका प्रवक्ता भरत ढुङ्गेलले अभियानको तयारीमा जुटिरहेकाको बेला कोरोना भाइरस फैलिएकोले अभियान सञ्चालन गर्न नसकिएको बताए । उनले भने “ माघ महिना भन्दा अघि नै अभियान सञ्चालन गरेका भए सफल हुन्थ्यौं, तर त्यसपछि कोरोनाका कारण सफल भएनौं ।”
वि.सं. २०६८ को जनगणना अनुसार शैलुङमा करिब ३० हजार जनसंख्या रहेका छ । कामी, दमाई र सार्की लगायत दलित समुदायको उल्लेख्य बसोबास रहेको छ । पालिकामा दलित समुदायले गैरदलितबाट कुनै न कुनै रुपमा विभेद र छुवाछुतको शिकार बन्नु परेको छ ।

समाचार लेखक– बिश्वकर्मा राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा दोलखाका सहसचिव हुन् ।

Shares

Be the first to comment on "शैलुङमा जातीय छुवाछुत मुक्त अभियान सञ्चालन गरिने"

Leave a comment

Your email address will not be published.


*