दीक्षण समाचार
चरिकोट, फागुन ९
शैलुङ ज्याङ्छयुब छयोर्तेन निर्माण सम्पन्न भएको छ । दोलखा र रामेछाप जिल्लाको संगमस्थल शैलुङडाँडामा शैलुङ रिगसुम गोन्पो सेवा समाजले ५५ फिटको छयोर्तेन निर्माण गरेको हो ।
सेवा समाजका महासचिव कृष्ण कुमार थोकरले धार्मिक आस्था वृद्धिका लागि शैलुङडाँडामा छयोर्तेन निर्माण गरिएको बताउनु भयो । छयोर्तेन निर्माणका लागि तीन करोड ३० लाख खर्च भएको उहाँले जानकारी दिनुभयो । टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको सदिक्षा र संरक्षणमा २०७३ भदौ २३ बाट छयोर्तेन निर्माण सुरु भएको थियो । छयोर्तेन निर्माणको लागि दोलखाको शैलुङ र मेलुङ गाउँपालिका, दोरम्बा–शैलुङ गाउँपालिका रामेछापका जनप्रतिनिधिहरु, लोपेन सोनाम लामा, शैलुङ शेर्पा समाजले समेत सहयोग गरेका थिए ।
नवनिर्मित छयोर्तेनको फागुन १७ गते शैलुङ ज्याङ्छयुब (बोधिचैत्य) को प्राचीन बौद्ध ङिङ्मा सम्प्रदायका शरण नायक परमपावन गुरु क्याब्जे सेचेन रब्ज्याम रिपोन्पोछेको सानिध्यतामा धार्मिक अनुष्ठानसहित शुद्धिकरण सुप्राणप्रतिष्ठा तथा उद्घाटन गरिने कार्यक्रम छ ।
Be the first to comment on "शैलुङडाँडामा छयोर्तेन निर्माण"