ईश्वर विश्वकमा ,चरिकोट ः खेतीयोग्य खेतबारी बाँझै छाडेर युवाहरु विदेश पलायन भइरहेका छन् । शैलुङ गाउँपालिका ५ काटाकुटीका नारायण श्रेष्ठ र गणेशमान श्रेष्ठलाई पनि विदेश जाने सोच नपलाएको होइन । तर आफ्नै गाउँमा मिहिनेत गरे विदेश जानु पदै{न भन्ने बुझेपछि उहाँहरु अहिले शैलुङ एग्रो एण्ड लाइभस्टक फम{ दता{ गरी व्यवसायिक कृषि पेशा गरिरहनुभएको छ । आफ्नो जग्गाले नपुगेपछि श्रेष्ठ दाजुभाई २५ रोपनी जग्गा भाडामा लिएर प्लाष्टिक टनेलमा गोलभेंडा, च्याउ र अकबरे खुसा{नीको व्यवासयिक खेती गरिरहनु भएको छ ।
अहिले ४९ वटा प्लाष्टिक टनेलमा तरकारी खेती भइरहेको छ । तरकारी खेतिका लागि हालसम्म ७० लाख लगानी भएको गणेशमान श्रेष्ठले बताउनु भयो । कोरोना महामारीको बेला अनलाइनबाट तालिम लिएर तरकारी खेती सुरु गरिएको उहाँको भनाइ छ ।
गरे स्वदेशमै हुन्छ भन्ने उच्च मनोवलकासाथ गाउँ छाडेकाहरुको खाली जग्गा भाडामा लिएर दुई वष{ अघिदेखि खेती गन{ सुरु गरिएको उहाँले बताउनु भयो । ‘विदेशको मरुभूमि नेपाली युवाको पसिनाले सिंचित भईरहेको छ । तर यत्ता नेपाली भूमि भने मरुभूमि हुन थालेका छन् ।’ उहाँले भन्नुभयो ’यस्तो बेला हामी जस्ता युवाले आफ्नो भूमि सिंचित गने{ सोचले तरकारी खेती गरेका हौँ ।’
श्रेष्ठ दाजु भाईले सञ्चालन गरेको फम{मा स्थानीय नौ जनाले समेत रोजगारी पाएका छन् । आजभोली एक तिहाइ टनेलमा गोलभेंडा पाक्न थालेका छन् । केही बिरुवा हुक{ंदै छन् । यही वष{बाट सुरु गरेको च्याउ पनि फल्न थालेको छ । केही आम्दानी समेत हुन थालेको छ । बजारले साथ दिए यही वष{ भित्रै आफ्नो लगानी उठ्नेमा उहाँहरु आशावादी हुनुहुन्छ । उत्पादित तरकारी स्थानीय बजार, चरिकोट, तामाकोसी, बाघखोर बजार जान्छ । स्थानीय बजारमा बिक्री नभएको तरकारी काठमाडौंसम्म पु¥याउने गरिएको नारायण श्रेष्ठले बताउनु भयो ।उहाँहरुले कम्पोष्ट मल बनाउने नयाँ तरिका अपनाउनु भएको छ । गोलभेंडाको हरेक बोटमा सिंचाइ र मल पुग्ने गरी इजरायली प्रविधिको थोपा सिञ्चाई प्रविधि प्रयोग गन{ु भएको छ । खेतीलाई थप आधुनिक र व्यवसायिक बनाउने बताउँदै उहाँले भन्नुभयो ‘गाउँकै नमूना किसान बन्ने चाहना छ ।’ उहाँहरुले गरेको कामको प्रोत्साहित गदै{ गत आथि{क वष{ शैलुङ गाउँपालिकाले ५ लाख अनुदान दिएको थियो ।
Be the first to comment on "शैलुङमा ७० लाख लगानीमा तरकारी खेती"