शैक्षिक प्रदर्शनी सम्पन्न

चरिकोट (दीस) दोलखाको मेलुङ गाउँपालिका अन्र्तगत रहेको त्रिभुवन माविमा शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । प्रर्दशनी आइतबार सम्पन्न भएको हो । प्रदर्शनीमा त्रिभुवन मावि प्रथम ,आजादी मावि द्वीतिय ,भुमेस्थान मावि तृतीय र भीम मावि बुद्धचोकले सान्त्वना स्थान हासिल गरेका छन् । बिजयी विद्यालय तथा विद्यार्थीहरुलाई मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले एक औपचारीक कार्यक्रमका बीच नगद तथा प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
मेलुङ गाउँपालिकाको आयोजनामा तथा त्रिभुवन माविको व्यबस्थापनमा भएको कार्यक्रममा मेलुङ गाउँपालिका भित्रका ८ ओटा माध्यामिक विद्यालयहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानियरुपमा उपलब्ध भएका स्रोत साधनहरुको प्रयोग गरी स्थानिय स्तरमा देखिएका समस्याहरुको सामाधानका लागि विद्यालयहरुले विज्ञान, गणित, अङ्ग्रेजी, सामाजिक, नेपालीसहित अन्य विषयहरूको समेत सामग्री प्रर्दशनी गरिएको त्रिभुवन माविका प्रधानाध्यापक सन्तोष श्रेष्ठले जानकारी दिनुभएको छ । उक्त प्रर्दशनीमा बादर नियन्त्रणका लागि नयाँ गुलेली बादर भगाउनकालागि पड्कने यंत्र, जलबायु परिवर्तनको मुख्य कारक ग्यास कार्बनडाईअक्साईड लाई सोस्ने र स्टक गर्ने नमुना प्राविधि, कृषिमा बेमौसमी तरकारी उत्पादनका लागि प्लास्टिक टनेल निर्माण ,मकै छोडाउने हाते मेशिन, पानी शुद्धीकरणमा स्थानीय स्रोतको प्रयोगगरी शुद्धीकरण गर्ने बिधिलगायतका सामाग्रीहरु प्रर्दशनीका आक्रर्षण रहेको मेलुङ गाउँपालिकाले जनाएको छ । सो कार्यक्रममा पालिकाकी उपाध्यक्ष, वडा अध्यक्ष, शैक्षिक ब्यक्तित्वहरु र अभिभावक विद्यार्थीको सहभागीतामा सम्पन्न भएको हो ।

 

 

Shares

Be the first to comment on "शैक्षिक प्रदर्शनी सम्पन्न"

Leave a comment

Your email address will not be published.


*