शेरबहादुर तामाङदम्पती नेपाल समुहमा

२०७७ पौष ९ बिहीबार- संघीय सांसद शेरबहादुर तामाङ र प्रदेश सांसद उषाकला राईदम्पतीले नेकपा केपी ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । बिहीबार बिहान संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेश १ की सांसद उषाकला र उनका श्रीमान् संघीय सांसद शेरबहादुरले आफूहरू विघटित संसद्को पक्षमा नरहेको र ओली समूहको केन्द्रीय सदस्य स्वीकार गर्न नसक्ने बताएका छन् । विज्ञप्तिमा उनीहरूले विभाजनले कसैको हित नहुने भएकाले एक भएर देशको हितमा लाग्न आग्रह गरेका छन् । अझै जनजीविकाको धेरै सवालहरू पूरा हुन बाँकी रहेकाले विभाजनको पक्षमा जान नहुने बताएका छन् । प्रदेश १ सांसद उषाकला खोटाङकी हुन् भने संघीय सांसद तथा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ सिन्धुपाल्चोक जिल्लाका हुन् । श्रीमती उषाकला र श्रीमान् शेरबहादुरदम्पतीले थालेको अभियानले गर्दा गाँजाखेती कानुनी मान्यता दिलाउने विधेयक संसदमा दर्ता भइसकेको थियो । साथै उनीहरूले घरेलु रक्सीलाई ब्रान्डिङ बनाउनका लागि अभियान चलाइरहेका छन् ।प्रदेश १ बाट सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, झापाका सांसद गोपाल बुढाथोकी, उदयपुरकी सांसद कला घले, कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठलगायतले ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरिसकेका छन् । जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल पनि ओली समूहको केन्द्रीय सदस्यप्रति सन्तुष्ट छैनन् ।

Shares

Be the first to comment on "शेरबहादुर तामाङदम्पती नेपाल समुहमा"

Leave a comment

Your email address will not be published.


*