शेयरको बारे कहिले वोल्छ सहकारी ?

दोलखाका सहकारी संस्थाको योगदान राम्रो रहेको छ । सहकारीको ग्रामिण क्षेत्रमा तथा शहरी क्षेत्रमा जनताको सारथी बनेको छ । नेपाली जनतालाई सक्षम बनाउन सहकारी संस्थाको ठुलो योगदान रहेको छ । दोलखामा सहकारी भएको कारण बैक सम्म पहँुच नपुेका जनताको आर्थिक गर्जो टार्ने माध्यम बनेको छ । दोलखालाई सहकारी आन्दोलनमा सफल जिल्लाको रुपमा चिनिने गरको छ । त्यसको कारण हो, दोलखाका सहकारीहरुले देशमा रहेका सहकारीसँग टक्कर दिएका छन । जनसचेतन सहकारी , मिलिजुली तथा हाम्रो जनकल्याण जस्ता सहकारी अन्तराष्ट्रीयरुपमा आफ्नो स्तर कस्तो भनेर देखाएका छन । देशमा औला गन्ने सहकारी त्यो मापदण्ड पुरा गरेर अन्तराष्ट्रीय पदक पाउनु पनि दोलखाका सहकारीको गौरवको विषय हो ।
सहकारी भन्ने वित्तिकै समान आर्थिक स्तर, इच्छा, रुचि र आवश्यकता भएका तथा एउटा निश्चित भौगोलिक सिमा भित्र बसोवास गर्ने वा समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसहरूले आपसि हितका निम्ती आर्थिक कारोवार गर्न स्थापित गरिएको संस्था भन्ने बुझिन्छ । यस अर्थमा एउटा साझा उद्देश्य लिएर एउटै भौगोलिक क्षेत्र भित्रका व्यक्तिहरूले आ–आफ्नो आर्थिक उन्नतीका लागि दुई वा दुई भन्दा बढी व्यक्तिहरू मिली आ–आफ्नो आयको केहि अंश नियमित रुपमा जम्मा गरी आयमूलक कार्य सञ्चालन गर्न ऋण प्रदान गरेर समूह वा संस्थालाई निरन्तरता प्रदान गर्नु नै सहकारी हो सहकारीको मूलभूत उद्देश्य उनीहरूको आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनु हो। सामुहिक रुपमा संगठित भएर सहकारीको सिद्धान्त, मूल्य र मान्यताका आधारमा काम गर्ने वातावरण सिर्जना गरी आपसमा मितव्ययिता, स्वावलम्बन र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नु पनि सहकारीको उद्देश्य रहेको छ। समाजमा व्याप्त गरीबी, व्यापारिक एकाधिकारजस्ता आर्थिक एवं सामाजिक विसंगतिहरूको अन्त्य गरी सहकारीताको माध्यमबाट समाजका निम्न आयवर्गीय गरीब जनसमुदायको जीवनस्तर उकास्न र उनीहरुलाई सामाजिक न्याय दिलाउनु सहकारीको मुख्य उद्देश्य रहेको छ ।
तर सवै जनताको चासो विषयमा माथिल्लो तामाकोसीको शेयरको विषयमा खासै दोलखाका ठुला सहकारी अहिले सम्म जनताको यो सुविधा दिन्छौ भनेर वोलका छैन । अहिलेसम्म पनि दोलखाका जनता धेरै छन कि शेयरको रकम कसरी जो गर्ने भनेर चिन्ता गर्ने । असारमा आएको भुकम्पको रकम अहिले सम्म राखेर भए पनि े तामाकोसीका शेयरमा रकम हाल्ने जनता रहेका छन । सहकारीले अन्य क्षेत्रको लगानीलाई केही महिना थोरै गरेर भए पनि शेयरमा लगानी बतावरण बनाउने भुमिका निभाउनु आवस्यक रहेको छ । तामाकोसीको शेयरले दोलखाली जनताको आय स्तरमा केही भए सुधार गर्ने छ । यस आयोजनामा सवै जनताले शेयर हाल्ने बातावरण दोलखाका सहकारीले बनाए मात्र उनीहरुको ग्रामिण क्षेत्रमा सारथी हौऔ भन्ने नारा सार्थकता पाउने छ ।

Shares

Be the first to comment on "शेयरको बारे कहिले वोल्छ सहकारी ?"

Leave a comment

Your email address will not be published.


*