नयाँदिल्ली, २१ साउन (रासस/एएनआई) :बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उहाँकी बहिनी सवार सि–१३० विमान भारतीय आकाशमा देखिएको छ । विमान भारतीय सीमाबाट नजिकै उडेपछि भारतमा सुरक्षा एजेन्सीहरूले कल साइन एजेएएक्स१४३१ अनुगमन सुरु गरेका छन् । प्रधानमन्त्री हसिना र उहाँकी बहिनी मुलुकमा जारी हिंसाका बीच बङ्गलादेशबाट भाग्नुभएको थियो । स्रोतहरूका अनुसार विमान दिल्लीतर्फ गइरहेको थियो । हसिना र उहाँको दलका केही सदस्य उक्त विमानमा सवार रहेको बताइएको छ । विमान दिल्लीको धावनमार्गमा स्थानीय समयानुसार करिब पाँचदेखि सवा पाँचबजेको बीचमा पुग्ने अनुमान गरिएको छ । बङ्गलादेशको वायु सेनाको विमानले पटना पार गरेको छ र त्यसलाई उत्तर प्रदेश–बिहार सीमा नजिकै ट्र्याक गरिएको छ । स्रोतका अनुसार शीर्ष सुरक्षा अधिकारीहरूले स्थितिलाई नजिकबाट निगरानी गरिरहेका छन् र ‘सबै राडार सक्रिय भएका छन् र तिनीहरूले नजिकबाट नियालिरहेका छन् ।’ यसैबीच हसिनाको राजीनामाको समाचारलाई लिएर ढाकाबाट प्रदर्शनकारीहरूले हर्षोल्लास गर्दै विरोध प्रदर्शन र खुशीयाली मनाएका छन् । स्थानीय बङ्गलादेश समाचार आउटलेट प्रोथोम अलोका अनुसार प्रदर्शनकारीहरूले ३२ धानमन्डीमा बङ्गबन्धु शेख मुजिबर रहमान स्मृति सङ्ग्रहालयमा आगजनी गरेका छन् । सङ्ग्रहालयमा भीषण आगो लागेको र प्रदर्शनकारीहरूले नाराबाजी गरेको प्रोथोम अलोले बताएको छ । आन्दोलनकारीहरूले सोमबार अपराह्न करिब चार बजे अवामी लिगको ढाका जिल्ला कार्यायलमा पनि आगो लगाइदिएका छन् । यसै क्रममा आगो नजिकैको ग्यास सिलिन्डरको पसलमा पनि फैलिएको छ । शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएर ढाकाबाट भागेको खबर आएपछि धेरै मानिस प्रधानमन्त्रीको आधिकारिक निवास गणभवनमा प्रवेश गरेका थिए । प्रदर्शनकारीहरूले गणभवनको मैदानमा हात उठाएर खुशीयाली मनाएको देखिएको प्रोथोम अलोले बताएको छ । यसअघि बङ्गलादेशका सेना प्रमुख जनरल वकार–उज–जमानले शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको जानकारी दिनुभयो । सोमबार उहाँले अब राजनीतिक सङ्क्रमणकाल जारी रहेको र अन्तरिम सरकार गठन हुने बताउनुभयो । उहाँले भन्नुभयो,
बङ्गलादेश : प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा दिएको सेना प्रमुख जमानद्वारा जानकारी, अन्तरिम सरकार बनाउने घोषणा
बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिनुभएको सेनाप्रमुख वाकर–उज–जमानले सोमबार दिउसो जानकारी गराउनुभएको छ । प्रधानमन्त्री हसिनाको राजिनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा दिनुभएको हो । उहाँले आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा जानुभएको छ । “प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिनुभएको छ । अब सेनाको पहलमा अन्तरिम सरकार बन्नेछ,” उहाँले भन्नुभयो । कामचलाउ सरकारको नेतृत्व सेनाप्रमुख जमानले आँफै गर्नुहुनेछ वा अन्य कसैलाई जिम्मेवारी दिइनेछ भन्ने बिषयमा उहाँले केही बताउनुभएको छैन । बङ्गलादेशको सरकारी टेलिभिजनमार्फत राष्ट्रका नाममा प्रसारण गरिएको कार्यक्रममा बङ्गलादेशका सेना प्रमुख जमानले सोमबार हसिनाले राजीनामा दिएको र सेनाले अन्तरिम सरकार गठन गर्ने बताउनुभएको हो । “देशले धेरै क्षति व्यहोरेको छ, अर्थतन्त्र प्रभावित भएको छ, धेरै मानिस मारिएका छन् । अब, यो हिंसा रोक्ने समय हो।” वाकरले भन्नुभयो । “मलाई आशा छ, यो सम्बोधनपछि स्थितिमा सुधार आउनेछ ।” बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको छ । आन्दोलनका क्रममा आइतबार ९४ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका, महिलासहित कैयौँ सर्वसाधारण रहेका स्थानीय मानव अधिकारवादी समूहले जनाएका छन् । —
Be the first to comment on "शेख हसिना सवार विमान भारतीय आकाशमा देखियो"