चरिकोट (दीस) – बर्षौ देखी बिभिन्न रोगबाट पीडित स्थानीयले रोगको उपचार गर्न आफ्नो घरछेउमा नै डाक्टरसँग चेक जाँच गर्ने अबसर पाएका छन् । दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर आठ क्षेत्रपाका स्थानीय युवाको पहलमा भएको एक दिने स्वास्थ्य शिविरले सो अबसर जुराएको हो । स्वास्थ्य क्षेत्रमा काम गरिरहेको विभिन्न संस्थाहरुको सहयोगमा बैतेश्वर गाउँपालिका वडा नम्बर आठको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा ६ सय भन्दा बढीले स्थानीयले चेकजाँच गरेका छन् । जनताको स्वास्थ्यको लागि शिविर सञ्चालन गर्नु राम्रो काम भएको गाउँपालिकाका उपप्रमुख रबिचन्द्र आर्चायले बताउनु भयो । अस्पताल सम्म पुग्न नसक्नेहरुको लागि शिविर बरदान सावित भएको उपप्रमुख अर्चायको भनाई रहेको छ । कार्यक्रममा आफ्नो मन्तब्य ब्यक्त गर्नु हुँदै माओवादी केन्द्र दोलखाका सचिबालय सदस्य सुब्बा श्रेष्ठले युवाको पहलमा स्वास्थ्य शिविर हुनु उदाहरणीय कार्य भएको बताउनु भयो । यस्तै मनकारी संस्था र डाक्टर देवेन्द्र गौतम लगाएतको स्वास्थ्य कर्मीहरुको टोलीले शिवीर संचालनमा सहयोग गरेर क्षेत्रपा वासीहरुलाई ठूलो गुन लगाएको नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौंलागाईंले बताउनु भयो । क्षेत्रपाका युवाले अप्ठ्यारोमा जनताको पक्षमा काम गर्देै आएको स्थानीय युवा भरत श्रेष्ठले बताउनु भयो । स्वास्थ्य शिवीर संचालनमा चरिकोट अस्पताल, तिलगंगा इन्सटीच्युट अफथल्मोलोजी, लालिगुराँस कम्युनिटी अस्पत्ताल, भीमेश्वर डेन्टल क्लिनिक चरिकोटले सहयोग गरेको बैतेश्वर गाउँपालिका वडानम्बर आठका अध्यक्ष रमेस अधिकारीले जानकारी दिनु भयो । शिविरमा आवश्यक औषधि डाक्टर देवेन्द्र गौतमले उपलब्ध गराएको अध्यक्ष अधिकारीको भनाई छ । कार्यक्रममा मिन कुमार शिवाकोटी , तक्त जिरेल लगाएतले सम्बोधन गरेका थिए । शिविर उद्धद्दाटन कार्यक्रममा शिविरमा सेवा उपलब्ध गराउने डाक्टर देवेन्द्र गौतम लागायत डाक्टरहरुलाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।शिविरमा विरामीहरुको स्वास्थ्य जाँचका साथै निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा ६ सय भन्दा बढीले स्वास्थ्य जाँच गराएको स्थानीय समाजसेवी पुस्कर अधिकारीले जानकारी दिनु भयो ।
शिविरमा ६ सयले गरे जाँच
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक ४ आश्विन २०७८, सोमबार १०:४०
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "शिविरमा ६ सयले गरे जाँच"