आज पनि
उ मा…थि स्कुलमा कार्यक्रम छ
म बुढी मान्छे लौरोको सहारामा
स्कुल नपुगी भा छैन
स्कुलां आज
हाम्री छोरिको फोटो राख्छन
ठुला मान्छे ठुलो स्वरमा भासण गर्छन
र मलाई दोसल्ला ओढाउछन
हो त्यही दोसल्ला लिन
त्यती माथी स्कुल पुग्नु छ
आँगन भरी उज्यालो लिन भनेर
छोरी किताबको झोला बाटोमै फालेर
बन्दुक बोकेर बन्दुक थाप्न गई
उज्यालो लिएर आँउछु भन्थी
बिहान भयो-
तर न उज्ज्यालो आयो न छोरी आई
भन त छोरी
अब यो मुलुक कहिल्य बन्छ ?
तिम्रा केटाकेटी रहरहरु
सहिद भए रे
मुलुक बनाउन छात्तिमा गोली थाप्नु अघी
तिमीले देखेका सपनाका लासहरु
र लासहरुको लिस्नु चढेर
मन्द मुस्कुराइ रहेका
केही थान गिद्दहरु
शासक भए रे
म सहिद छोरिकी आमा
आज पनि जाँदैछु
मा…थि स्कुलमा
सहिद दिवस मनाउन
एउटा दोसल्ला ओड्न
पोहोरको दोसल्ला त फाटिसक्यो छोरी !
आँसु पुछेर ।
कवि –मान बहादुर खडका फेसवुकबाट साभार
Be the first to comment on "शहीदकी आमा"