शक्ति र पैसाको आडमा महिलाहरुलाई पछाडि धकेल्ने काम भयो

जानुका न्यौपाने
विशेषगरी महिलाहरु विभिन्न हिंसा, रोग, भोक र शोक मुक्त बन्न र बनाउनका लागि पनि आर्थिक परनिर्भरता हटाई आर्थिक रुपमा आत्मनिर्भर बन्न र बनाउन जरुरी छ । त्यसको लागि हरेक महिला सशक्त हुनु पर्छ । अब हामी आय आर्जनतर्फ अगाडि बढेर व्यवसायिक बन्नु आवश्यक छ । व्यसायिक बन्न लाग्नु पर्छ जसबाट आर्थिक सवलता मिल्छ । अहिलेसम्मको अध्ययन अनुसन्धानबाट मैले के देखें भने विगत लामो समयदेखि विभिन्न राजनीतिक पार्टी, सरकारी तथा गैरसरकारी निकाय तथा संघ संस्थाबाट महिला सशक्तिकरण गर्ने अभियान सञ्चालन गरिरहँदा महिलाहरुमा बोल्ने क्षमतामा, नेतृत्व क्षमता लगायतका क्षमतामा अभिवृद्धि भए तापनि कामको बोझ, आर्थिक परनिर्भरता, गुजारामुखी खेती, घरायशी कामसँगै बाह्य कामको जिम्मेवारीले थिचिएको पाइयो । जसले गर्दा निरन्तर महिलाहरुको मूल्यलाई अवमुल्यन गरी असक्षम ठह¥याइयो । कुनै पनि स्थानमा महिलाको अगुवाई वा नेतृत्वलाई सहज रुपमा स्वीकार गरेको पाइएन । राजनीतिक नेतृत्वमा होस् या कार्यालयमा काम गर्ने शिलसीलामा होस् महिलाको क्षमतालाई कमजोर सावित तुल्याउने कार्य भयो । हरेक क्षेत्रमा शक्ति र पैसाको आडमा महिलाहरुलाई पछाडि धकेल्ने काम भयो । विगत केही वर्ष यता यस्तै यस्तै गलत कार्यहरु भइरहे जसले महिलाहरुलाई पछाडि पारिरहेको छ । कतै दाह्री जुँघा नभए वापत र आर्थिक रुपमा कमजोर ठानेर त होइन ? महिलाहरुलाई पछाडि पारिएको भन्ने प्रश्न बनेर खडा भएको छ हामी महिलाहरुको माझमा ।
यदि होइन भने पूर्वाधार विकास विकासको मेरुदण्ड हो भने मानवीय विकास, मानव जीवनशैली, दैनिक जीविकोपार्जनमा सकारात्मक परिवर्तन पनि त विकासको सूचकांकको महत्वपूर्ण पाटो हो । त्यसैले मानव जीवनको दैनिक जीविकोपार्जनमा सकारात्मक विकास गरी सू–सूचित नागरिक सम्वृद्धिको महत्वपूर्ण पाटो बन्न सक्छ । यसमा धेरैको विमति हुनसक्छ । फेरि पनि दोहो¥याउन मन लाग्यो कि नागरिक सुखी, खुसी, स्वस्थ र सुसँकृत भएमा मात्र सम्वृद्धि हासिल गर्न सहयोग पुग्छ जस्तो लाग्छ ।
त्यसकारण अब सामूहिक कृषि, आय आर्जन, व्यवसायिकता र उद्यमशील बन्न महिलाहरुको लागि आवश्यक छ । यसको लागि स्थानीय सरकार, वडादेखि नगर÷गाउँसम्मका जनप्रतिनिधि लगायतले सकारात्मक सहयोग गर्नु जरुरी छ । अन्यथा हामी घरबाट बाहिर निस्कन, हरेक क्षेत्रमा सक्रिय र अर्थपूर्ण सहभागिता जनाउन असक्षम ठहरिन बाध्य हुन्छौं । सवल र सक्षम रुपमा नेतृत्व गर्न अनि स्वस्थ र सकारात्मक प्रतिस्पर्धाका लागि पनि आर्थिक रुपमा सवल बन्नु आवश्यक छ । त्यसकालागि आफैं व्यसायी, उद्यमी नबनी आर्थिक परनिर्भरता हटाउन असम्भव प्रायः छ । साँच्चै हरेक महिलाहरु आर्थिक रुपमा सवल भएमा हरेक क्षेत्रमा सक्रिय र अर्थपूर्ण सहभागिता जनाउन सफल भइन्छ । हामी कामको सम्मान गर्न सिकौं आफ्नै घर वरपरको कामलाई व्यवसायीक रुपमा अगाडि बढाऔं । यसमा सदैव सबैको सकारात्मक सहयोग, हौसला, प्रोत्साहन र प्रेरणा मिलिरहोस् ।
भीमेश्वर नगरपालिकाले सम्बृद्ध भिमेश्वर, स्वस्थ, सुसँस्कृत, सुखी, भीमेश्वर बासी भन्ने अभिप्रायका साथ आगामी योजनामा उद्यमशीलतामा लाग्ने महिला, दलित, जनजाति, अपांगता भएका लगायत अन्य कृषि पेशामा संलग्न मानिसहरुलाई प्रोत्साहन गर्ने गरी कुल विकास बजेट बाट ३० प्रतिशत बजेट कृषिमा लगानी गर्ने भएको छ । हरेक वडाका प्रत्येक टोलबाट पनि कृषि उद्यमशीलतालाई प्राथमिकतामा राखिएको पाइएको छ । त्यसैगरी अन्य स्थानीय तहबाट पनि यसैगरी महिलाहरुलाई आर्थिक परनिर्भरताको अवस्थाबाट आत्मनिर्भरता तर्फ उन्मुख बनाउनु सबैको दायित्व हो । घर, परिवार, समाजसँगै सरकारको दायित्वको रुपमा लिइनु पर्छ महिलाहरुलाई उद्यमशील बनाउन र बन्ने वातावरण तय गर्न । सही वातावरण र सकारात्मक सहयोग प्राप्त गर्न सकेमा महिलाहरु पनि आर्थिक रुपमा आत्मनिर्भर बन्न सक्छन् । तर हरेक उद्योग व्यवसायमा महत्वपूर्ण योगदान महिलाको हुन्छ तर त्यसको मालिक, अनि शक्ति पुरुषमा हुन्छ । उदाहरण नजिकै छ । नियालेर चरिकोट बजारमा हेर्दा हरेक पसलमा सक्रिय रुपमा जिम्मेवारीपूर्वक काम गर्ने प्रायः महिलाहरु देखिन्छन् । दिनभरी खटेर व्यापार, व्यवसाय सञ्चालन महिलाहरुले सफलतापूर्वक गरेको देखिन्छ तर उद्योग बाणिज्य संघको भर्खरै भएको निर्वाचनलाई विश्लेषण गरौं त के सदस्यमा निर्वाचित जम्मा एकजना महिला मात्र पर्याप्त हो त ? के यति मै सिमित राख्नु जायज छ त ? किन महिलाले नृत्वदायी भूमिका निर्वाह गर्न सक्दैनन् र ? अनि जिम्मेवार पदमा महिलालाई कहिले पु¥याउने उद्योग वाणिज्य संघमा । यो त प्रतिनिधि घटना मात्र हो । यस्तै धेरै स्थानहरु छन् जहाँ महिला उद्यमीहरुलाई उद्यमीको रुपमा उभ्याइएको देखिन्न किन ? यसमा सबैको ध्यान जानु जरुरी छ । के यसले महिलाहरुलाई उद्यमी, व्यवसायी बन्न हौसला, प्रेरणा मिल्यो त यो सवाल सबैका लागि हो ।

Shares

Be the first to comment on "शक्ति र पैसाको आडमा महिलाहरुलाई पछाडि धकेल्ने काम भयो"

Leave a comment

Your email address will not be published.


*