वैतेश्वरमा ६० प्रतिशत निजी घर बने ,जनप्रतिनिधी भन्छन– पुर्ननिर्माणमा निर्माण सामाग्रीको अभावमf समस्या भयो

चरिकोट–वैतेश्वर गाँउपालिकामा ६० प्रतिशत निजी आबास बनेका छन् । ३ वर्ष अघिको विकासकारी भु्कम्प भत्केका निजी आवास मध्ये झण्डै २ तिहाइ पूरा भएको हो ।
निजी आवास निर्माणका लागि ६० प्रतिशत भन्दा बढी भुकम्प पिडितले तेस्रो किस्ता लिएका छन । जिल्ला आयोजना कार्यान्वयन इकाईका इन्जियर जनकराज जोशीका अनुसार सो गाँउपालिकाका ८३ प्रतिशत जनताले दोस्रो किस्ता लिएको वताए । निजी आवास निर्माणमा सबैभन्दा बढी प्रगति नै वैतेश्वरमा भएको उनले बताए ।

जनप्रतिनिधी भन्छन– पुर्ननिर्माणमा निर्माण सामाग्रीको अभावमा समस्या भयो
वैतेश्वर गाउँपालिकाका जनप्रतिनिधिहरुले पुर्नर्माणमा निर्माण सामाग्री अभाव भएको गुनासो गरे । निर्माण सामाग्रीको अभावमा पुर्ननिर्माणमा समस्या आएको बताए । ग्रामीण विकास टुकी संघ दोलखाले निजी आवास निर्माणमा गुणस्तरीय र गतिशिलता विषय अन्तरक्रिया वोल्दै गाँउपालिकाका अध्यक्ष छवि लामाले अहिले निर्माण सामाग्री वालुवा तथा गिटीको अभाव हुँदा जनता त्यसको मारमा परेको बताए ।
सरकारले नजिकका क्रसरबाट वालुवा उठाउन प्रतिवन्ध लगाएको कारण पुर्ननिर्माण ढिलो भएको लामाको भनाई रहेको छ । “राज्य एउटै हुनु पर्ने हो, छिमेकी जिल्लामा क्रसर संन्चालन गर्न पाउने तर हाम्रो किन रोकेको हो उनले भने “छिमेकी जिल्लावाट समान ढुवानीले झन जनता मार परेका छन, जिल्ला समन्वय समितीले त्यसको सहज गर्ने वातावरण वनाउनु प¥यो ।”
त्यसैगरी उपाध्यक्ष रविचन्द्र आर्चायले भु्कम्प पिडित जनताले वैंकमा रकम ढिला वितरण हुँदा जनता त्यसको मारमा परेको वताए । त्यसको सहज वातावरण वनाउन सवैले खवरदारी गर्नु पर्ने आर्चायले वताए ।
केही स्थानमा प्राविधिक नबस्दा पुर्ननिर्माणमा समस्या भएको जनताले गुनासो गरेको आर्चायले वताए । त्यसैगरी वडा नम्बर ७ का वडा अध्यक्ष रेशम राजस्वराज रिमालले गुनासो सुनुवाई ढिला हुँदा जनता त्यसको अन्यौलमा परेको वताए । वैकले भुक्तानी दिन ढिला गरेकोले त्यसको सहज व्यवस्थापन गर्नु पर्ने बताए । पुर्ननिर्माणमा प्रक्रिया झन्झिटिलो भएकोले त्यसको सहज वातावरण वनाउनु पर्ने रिमालको भनाई रहेको छ । ३ नम्वरका वडा अध्यक्ष कृष्ण दहालले पुर्ननिर्माणमा जनशक्तिको अभाव रहेको वताए ।
त्यसैगरी जिल्ला आयोजना कार्यान्वयन इकाई दोलखा प्रमुख एकराज अधिकारीले कार्यलयबाट खटाईएका प्राविधिकलाई कार्यस्थलमा बसे
र काम गर्न आग्रह गरे । काम नगर्ने प्राविधिकलाई कार्यस्थलमा नवसेमा तुरुन्त कारवाही हुने उनले बताए । सरकारलाई दोष लगाउनुभन्दा सवैको सहयोगले मात्र पुर्ननिर्माण सफल हुने अधिकारीको दावी रहेको छ ।

Shares

Be the first to comment on "वैतेश्वरमा ६० प्रतिशत निजी घर बने ,जनप्रतिनिधी भन्छन– पुर्ननिर्माणमा निर्माण सामाग्रीको अभावमf समस्या भयो"

Leave a comment

Your email address will not be published.


*