वैतश्वर गाउँपालिकालाई कफि जोनको रुपमा बिकास गरिने

चरिकोट –दोलखाको वैतश्वर गाउँपालिकालाई कफि जोनको रुपमा विकास गरिने भएको छ । प्रदेश नम्वर ३ को पकेट क्षेत्र वनाएर सो गाउँपालिकामा कफिको जोन बनाउन लागिएको हो । सरकारी, निजी तथा सहकारी क्षेत्रको साझेदारीमा सो स्थानमा कफिको जोनको रुपमा विकास गर्न लागिएको प्रदेश नम्बर ३ का कृषि विषेशज्ञ लाल कुमार के.सी.ले जानकारी दिए । हाल सो क्षेत्रमा अर्गानिक कफी उत्पादन गरिने जनाइएको छ ।
नेपालमा उत्पादन भएको कफि विदेशमा निर्यात हुने गरेको के.सीको भनाई रहेको छ । नेपालमा उत्पादन भएको कफि जापान कोरिया तथा अन्य मुलुकमा निर्यात हुने गरेको छ । कफि ८ सय मिटर उचाईमा हुने गरेको भए पनि यस क्षेत्रमा उत्पादन हुने गरेका ८ मिटर देखि १४०० उचाईमा उत्पादन हुने कफि “ हिमाली कफि” हुने भएकोले यसको विदेशमा माग राम्रो रहेको पनि के.सीले बताए । प्रदेश नम्बर ३ ले कृषिको विकासको लागि “प्रदेश परियोजना बैक” अन्तर्गत विभिन्न क्षेत्रमा फरक फरक कृषिको उत्पादन गर्ने लक्ष्य लिएको छ । सो परियोजना अन्र्गगत सो गाँउपालिकामा कफिलाई विशेष प्राथमिकतामा राखिएको छ । “प्रदेश परियोजना वैक” अन्र्तगत प्रदेशले ५ करोड माथिको कृषि परियोजनालाई लगानी गर्ने गरेको पनि के.सीको भनाई रहेको छ । यस परियोजनामा सहकारी, सरकारी तथा निजी क्षेत्रको सहकार्यमा कम्पनी निर्माण गरिएको छ ।
हाल निर्माण गरिएको सो कम्पन्नीमा किसानलाई समेत शेयर होल्डर बनाउने मोडल रहेको पनि जनाइएको छ । हाल विस्तार गर्न लागिएको कफि परियोजनामा किसान आफैले उत्पादन गर्न पनि व्यवस्था रहेको सो कपि उत्पादन परियोजनाका अध्यक्ष एवंम वडा नम्बरका ७ का अध्यक्ष रेशम राज स्वराज रिमालले बताए । किसानले जग्गा कम्पन्नीलाई भाडामा दिन सक्ने सो बापत कम्पन्नीले किसानलाई भाडा उपलब्ध गराउने पनि रिमालको भनाई रहेको छ ।
हाल विस्तार गर्न लागिएको कफि परियोजना किसानको खेत ,बारी तथा सामुदायिक वनमा तथा बाँजो रहेको जग्गामा समेत विस्तार गर्न सकिने पनि जनाइएको छ । कफि परियोजनालाई गाउँपालिकाले सक्दो सहयोग गर्ने पनि गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए । सरकारको नितिलाई गाउँपालिकाले भरपुर सहयोग गर्ने पनि आचार्यले जानकारी दिए । कफिको प्रसोधन सो स्थानमा गरिने पनि गरिने जनाइएको छ ।

Shares

Be the first to comment on "वैतश्वर गाउँपालिकालाई कफि जोनको रुपमा बिकास गरिने"

Leave a comment

Your email address will not be published.


*