शुभराज पोखरेल
आज नेपालमा “भावी पुस्तालाई स्वच्छ वातावरण सबैको दायित्व” मूल नाराका साथ देशभरी वातावरण दिवस मनाईदै छ । भने “प्लाष्टिक प्रदूषणमाथिको प्रहार, सके पून प्रयोग नसके बहिस्कार” भन्ने मूल नाराका विश्वभरी यो दिवस मनाईदै छ । विश्व वतावरण दिवस ५ (२२ जेठ) जुन १९७३ देखि मनाउन सुरु गरिएको हो । संयुक्त राष्ट्रसंघद्वारा घोषणा गरिएको यो दिवस पर्यावरणप्रति संसारभरी नै राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाईन्छ ।
नेपालमा शहरीकरणको विस्तारसँगै बढ्दै गएको सवारी साधन र उद्योगबाट हुने बायु प्रदूषण, उद्योगहरुबाट निस्कने रसायन तथा ध्वनी प्रदूषण, फोहरमैला व्यवस्थापन एवम् सरसफाईको अभावमा समाज नै प्रदूषण भएको छ । यसै गरी ग्रामिण क्षेत्रमा भएका वन विनास, चुरे दोहन, नदि दोहन, प्राकृतिक स्रोतमाथिको अवैध प्रयोग, अवैध खानी, चार कोषे झाडी नाम मात्रको हुन पुग्नु यी र यस्ता मानव सिर्जित प्रकृतिमाथिको हस्तक्षेपको कारण वातावरणीय स्वच्छता मासिदै गएको छ । यसबाट सिर्जित पहिरो, बाढी, पानीको अभाव, उत्पादनमा गिरावट जस्ता कारण मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव पारिरहेको छ । यसबाट पृथ्वीलाई जोगाई राख्नु हाम्रो दायित्व हो ।
विश्वका विकसित राष्ट्रहरुले सिर्जना गरेका वायु प्रदुर्षण, ध्वनी प्रदुर्षण र आणविक तथा रसायनिक पदार्थको प्रयोगले पृथ्वीको आयु मात्र होइन ब्रमाण्डलाई नै जोखिममा पारिरहेका छन् । ग्लोबल वार्मिङ्गका कारण हाम्रा हिमालहरुमा हिउँ पर्न छाडेको छ । समय अगावै पग्लिएर हिमालहरु पत्थरका पहाडमा रुपान्तरित भईरहेका छन् । पानी पर्ने समयमा परिर्वत भएको छ । जाडो हराई सकेको छ । हाम्रा जैविक विविधता तथा प्राणीहरुको जीवनमा परिवर्तन आएको छ । यसप्रति विश्व र हामी सचेत भई पृथ्वीको रक्षाका लागि एक हुन ढिलो भईसकेको छ ।
पानी, हावा, वर्षा, घाम, रात दिन, आकास र जमिन जंगल यस संसारका सबै भन्दा मुल्यवान उपज हुन जसलाई हामीले प्रयोग गर्न पैसा तिर्नुपर्दैन । यी यस्तै थुप्रै कुराहरु वातावरणीय उपज हुन । यसको संरक्षण विना हामीले स्वास्थ्य जीवनको कल्पना गर्नु व्यर्थ हुन्छ ।
वातावरण दिवसको अवसरमा एउटा विरुवा रोपेर हाम्रो दायित्व पुरा हुँदैन । त्यस विरुवालाई हुर्काउने र वन जंगलको संरक्षण र वन विनास प्रति सचेत हुनु पर्दछ । यसै गरी आफू वरिपरिको वातवरण सफा राख्दै समाजलाई नै फोहर तथा प्रदूषर्ण मुक्त बनाउन बालबालिका र किशोरकिशोरीहरुले पनि आजै देखि नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्दछ । राज्यका तीन वटै निकायले सामाजिक, आर्थिक परिवेशका साथ पर्यावरणीय सन्तुलनलाई ध्यानमा राखी विकास निर्माणका योजना तथा प्रकृयामा अगाडि बढाउँदा व्यवस्थित गुरु योजनाका साथ अगाडि बढ्नु पर्दछ ।
पृथ्वीलाई जागाउने आजका सिर्जनशिल बालबालिका तथा किशोर किशोरीहरु सचेत भई आ–आफ्नो ठाउँबाट वातावरणीय संन्तुलन कायम राख्न आजैबाट लाग्नु पर्दछ । आफ्नो घरमा फलफूल, फूल तथा अन्य विरुवा रोप्ने र त्यसको संरक्षणको जिम्मेवारी सम्हाल्न लाग्नु पर्दछ । कुहिने फोहरलाई मलको रुपमा प्रयोग गर्दै फोहर व्यवस्थापनको साथै आपूmलाई चाहिने मल आफैतयार गर्ने सीपको विकास गर्नु पर्दछ । यसै गरी नसड्ने फोहरलाई संकलन गरी पून प्रयोगको लागि विक्रीगरी पकेट मनी बनाउने सीपको विकास गरी फोहर मैला व्यवस्थापनको एक जिम्मेबार नागरिक बन्न लाग्नुहोस् । यसरी पर्यावरणीय संरक्षणको महत्वपूर्ण पाटोको रुपमा आफूलाई स्थापित गरी स्वच्छ सफा सहर तथा गाउँको सचेत र जिम्मेवार नागरिक बन्दै समाजलाई यसै रुपम अगाडि बढाउने नेतृत्व आजै देखि लिनु सचेत र सिर्जनशील बालबालिका तथा किशोर किशोरीको दायित्व पनि हो ।
Be the first to comment on "विश्व वातावरण दिवस , वातावरण संरक्षणमा नयाँ पुस्ता"