विश्वकप छनोटः नेपालले अफगानिस्तानलाई दियो १९५ रनको लक्ष्य

२६ फागुन, काठमाडौं । विश्वकप छनोटमा नेपालले अफगानिस्तानलाई १९५ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको नेपालले अन्तिम बल खेल्नु अघि सबै विकेट गुमाएर १९४ रन बनायो ।

नेपालले मात्र १३ रन जोड्दा ओपनर अनिलकुमार साहलाई गुमाएको थियो । तर, कप्तान पारस खड्काले उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर दोस्रो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी गरे ।

२६ औं ओभरको अन्तिम बलमा रसिद खानले ज्ञानेन्द्रलाई एलबीडब्लू धरापमा पारे ।

Shares

Be the first to comment on "विश्वकप छनोटः नेपालले अफगानिस्तानलाई दियो १९५ रनको लक्ष्य"

Leave a comment

Your email address will not be published.


*