विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा आज नेपालले क्यानडासँग खेल्दै

काठमाडौं  –जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा आज नेपालले क्यानडासँग खेल्दैछ। नेपाल यसअघि घरेलु भूमिमा भएको शृंखलामा खराब प्रदर्शन गर्दै सातौँ स्थानमा छ, चारमध्ये तीन खेलमा हार व्यहोरेको थियो। नेपालले दुई अंकमात्र संकलन गरेको छ, र आजको खेल जिते तालिकाको छैटौँ स्थानमा उक्लिनेछ।

क्यानडा भने शीर्ष तीनमा रहेर मिश्रित नतिजा निकालेको छ। आठ खेलमध्ये चारमा जित र चारमा हार व्यहोरेको क्यानडा आठ अंकसहित तेस्रो स्थानमा छ। शृंखलामा नेपाल, क्यानडा, र ओमान सहभागी छन्, र नेपालले क्यानडाविरुद्ध आजको खेलपछि ओमानसँग खेल्ने तालिका छ।

आजको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ।

Shares

Be the first to comment on "विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा आज नेपालले क्यानडासँग खेल्दै"

Leave a comment

Your email address will not be published.


*