विश्वकपको लागि अर्जेन्टिनाको टोली घोषणा, मेस्सी र अग्युरोसहित चार फरवार्ड टोलीमा

एजेन्सी । रुसमा हुने फिफा विश्वकप फुटबलको लागि अर्जेन्टिनाले राष्ट्रिय टोलीको घोषणा गरेको छ । जेठ अन्तिम साताबाट सुरु हुने विश्वकप फुटबलको लागि अर्जेन्टिनाले सोमबार २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको हो ।

अर्जेन्टिनाका मुख्य प्रशिक्षक जोर्गे साम्पाओलीले विश्वकपको लागि ४ फरवार्डसहित २३ खेलाडी छनोट गरेको हो । प्रशिक्षक साम्पाओलीले टोलीमा ३ गोलरक्षक, ८ डिफेन्डर र ८ मिडफिल्डर सम्वेष गरेको छ । टोलीमा इन्टर मिलानका मौरो इकार्दीलाई टोलीमा राखेका छैनन् ।

रुस विश्वकपमा अर्जेन्टिनाको अग्रपंक्ति कप्तान लियोनल मेस्सी, सर्जियो अग्युरो, पाउल डिबला र गोन्जालो हिगुईनले सम्हाल्ने छन् । यस्तै टोलीको गोलपोस्ट सर्जियो रोमेरो, विलि कबाल्लेरो र फ्रान्स्को अर्मानी रहेका छन् ।

अर्जेन्टिनाको डिफेन्डरमा जाभियर मासिरानो, गाब्रिएल मेर्काडो, निकोलस ओकामेन्डी, फेड्रिको फजियो, मार्कुस रोजा, निकोलस ताग्लियाफिको, मार्कुस अकुना र क्रिस्टियन अन्सल्डी रहेका छन् । त्यस्तै मिडफिल्डरमा म्यानुएल लान्जिनी, म्याक्सीमिलानो मेजा, लुकास बिग्लिया, इभर बेनेगा, जियोभानो लो सेल्सो, एन्जल दि मारिया, क्रिस्टियन पाभोन र इडुर्वाडो साल्भियो रहेका छन् ।

आगामी जेठ ३१ गतेबाट सुरु हुने विश्वकपमा अर्जेन्टिना समूह डी मा रहेको छ । अर्जेन्टिनाले समूह चरणमा क्रोएसिया, नाइजेरिया आइल्याण्डसँग खेल्ने छन् ।

Shares

Be the first to comment on "विश्वकपको लागि अर्जेन्टिनाको टोली घोषणा, मेस्सी र अग्युरोसहित चार फरवार्ड टोलीमा"

Leave a comment

Your email address will not be published.


*