विवेकशील साझाका नेता उज्वल थापाको निधन

१८ जेठ, काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।कोभिड-१९ संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि १४ जेटमा मेडिसिटी ल्याएर इक्मो प्राविधिबाट उपचार गरिएको थियो । अस्पतालका अनुसार थापाको सोमबार गरिएको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको भए पनि शरीरका अंगहरुले प्रभावकारी काम गर्न नसकेको र जटिल संक्रमणका कारा स्वास्थ्य स्थितिमा परिवर्तन आउन सकेको थिएन । ‘चिकित्सकहरुको अथक प्रयास र सबैको सुभेक्षाका बाबजुद उहाँको शारिरीक अवस्था सुुदृढ हुन सकेन’ मेडिसिटी अस्पतालद्धारा जारी वक्तव्यमा भनिएको छ, ‘मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा उहाँको असामयिक निधन भएको अवगा गराउँदछौं ।’परिवारले उनको अन्त्येष्टि साधारण पारिवारिक तवरले सम्पन्न गर्ने इच्छा राखेको परिवार तथा शुभेक्षुकको तर्फबाट जारी वक्तव्यमा उल्लेख छ।

Shares

Be the first to comment on "विवेकशील साझाका नेता उज्वल थापाको निधन"

Leave a comment

Your email address will not be published.


*