विवादमा कालिन्चोक गाउँपालिका,गाँउपालिका ६ जना वडा अध्यक्ष सहित बहुमत कार्यपालिका सदस्यहरु प्रमुख थामी पक्षमा

पत्रकार सम्मेलन गर्दै कालिञ्चोक गाउँपालिकाका वडाध्यक्षहरु ।

चरिकोट–कालिन्चोक गाउँपालिकाको केन्द्र सार्ने विषयको विवाद सतहमा आएको छ । बिवादको कारण गाउँपालिका अध्यक्ष बिनकुमार थामी र उपाध्यक्ष कालिका पाठक समुहबिच हाल बिवाद सिर्जना भएको छ । हाल अस्थायी केन्द्र रहेको सुनखानीमा केन्द्र राख्ने की लापिलाङ्गको वन्दीथलीमा केन्द्र राख्ने विषय पेचीलो हुँदै गएको छ । विवादको कारण गाउँपालिकाले आयोजना गरेको २५ गते गाउँ सभा स्थगित भएको थियो । २४ गते भएको गाउँपालिकाको बैठकमा झडपको सिर्जना भएको थियो । त्यस बैठकमा उपाध्यक्ष कालिका पाठकले आफुलाई अध्यक्ष बिनकुमार थामीले बैठकमा बस्न नदिएको बताएकी थिइन । आफुलाई प्रमुख थामीले अपमान गरेको आरोप लगाएकी थिइन । हाल केन्द्र सार्न विषयमा वडा अध्यक्ष तथा कार्यपालिका सदस्य बिच मत बिभाजन भएको छ । ९ वडा रहेको यस गाँउपालिका ६ जना वडा अध्यक्ष सदस्य सहित बहुमत कार्यपालिका सदस्यहरु प्रमुख थामी पक्षमा उभिएका छन । उपप्रमुख पाठकको ३ जना वडाअध्यक्ष रहेको बताइएको छ ।
६ जना वडा अध्यक्ष प्रमुख थामी पक्षमा
सदरमुकाम चरिकोटमा ६ जनाले पत्रकार सम्मेलन गर्दै गाउँपालिका प्रमुख बिनकुमार थामीको समाचार प्रकाशन बिषयमा ध्यानाकर्षण भएको बताएका छन् । वडा नम्बर ७ मा रहेको अस्थाई कार्यालयमा २४ गतेको बैठकमा बसिरहेको बेला प्रमुख तथा सदस्य माथी १०० जना जनाको समुहले घेरा हाली आक्रमण गरेको बताएका छन् । हाल आक्रमणमा परी टाउकोमा चोट लागेका घाइते प्रमुख थामीकोे काठमाडौंमा उपचार भइरहेकोे पे्रस बिज्ञप्तीमा उल्लेख गरिएको छ । “आक्रमणपछि वडा नम्बर ७ का वडा अध्यक्ष चेत बहादुर खड्काले बलजस्ती बैठक पुस्तीका कब्जा लिएको कार्य प्रति घोर भत्र्सना गदछौं ।” प्रेस बिज्ञप्तीका उलेल्ख गरिएको छ ।
सुरक्षाको माग
उक्त घटनापछि अस्थाई कार्यालयमा काम गर्न असुरक्षित भएको उनीहरुले बताएका छन् । गाउँपालिकाको तोकिएको अहिले अस्थाई केन्द्र आहलडाँडा भुगोल तथा जनसंख्याको कारण ंअपायक पर्ने कारण ९ वटै वडालाई पायक पर्ने ठाउँमा केन्द्र सार्न उनीहरुले बिज्ञप्तीमा उल्लेख गरिएको छ । दूई तिहाई बहुमतको निर्णयको बलजस्ती तरिकाले सार्ने निर्णयको सहयोगको साटो जनता भड्काएर द्धन्द निम्त्याएको उनीहरुले बताएका छन ।
के भएको थियो २४ गतेको बैठकमा
भोलि पल्ट गाउँपालिका गाउँ सभाको बैठक सिंगटीमा बोलाइएको थियो । १० बजे बोलाइएको बैठक १ बजे शुरु गरिएको र वडा नम्बर ७ का वडाध्यक्ष चेत बहादुर खड्काले निर्णय पुस्तिका कब्जा गरेको वडा नम्बर ५ का वडाध्यक्ष सुवास थामीले बताए । उपप्रमुख कालिका पाठक बाहिर बसेको र बैठक पुस्तिका कब्जापछि स्थानीयले अस्थायी कार्यालयमा घेरा हाली आक्रमणको प्रयास गरेको उनले बताए । आक्रमण हुन लागेपछि सुरक्षाको लागि अन्य वडाका वडाध्यक्षहरु तथा कार्यपालिकाका सदस्यहरु भित्र बसेको र उपाध्यक्ष बाहिर भएकोले सुरक्षाको लागि ढोका खोल्न नसकेको वडा नम्बर १ का अध्यक्ष बाबुलाल थामीले बताए । उक्त घटनालाई अतिरञ्जित गरिएको वडा नम्बर २ का अध्यक्ष नानी पाण्डेले जानकारी दिए । आक्रमणमा परी प्रमुख थामीको टाउकोमा चोट लागेको र उनको काठमाडौमा उपचार भइरहेको पाण्डेले बताए । उपप्रमुखले भित्र पस्न नपाएको झोकमा बाहिर अतिरञ्जित गरेको वडा नम्बर ५ का वडाध्यक्ष थामीले बताए । केन्द्र सार्ने विषयमा वडा नम्बर ७ का वडाध्यक्ष खड्काले प्रक्रिया मै लान नदिएको उनले बताए । हाल अस्थायी केन्द्र रहेको सुनखानीमा सार्वजनिक जग्गा नरहेको र लापिलाङ्गमा ७५ रोपनी जग्गा दिन जनता तयार भएको उनले बताए ।
को–को छन् त थामीको पक्षमा ?
गाउँपालिका केन्द्र सार्ने विषयमा वडा नम्बर १ का वडाध्यक्ष बाबुलाल थामी, २ का नानी पाण्डे, ३ का निशान बुढाथोकी, ४ का केशव बहादुर ठकुरी, ५ का सुवास थामी, ६ का मानसिंह थामी उनको पक्षमा लागेका छन् ।

Shares

Be the first to comment on "विवादमा कालिन्चोक गाउँपालिका,गाँउपालिका ६ जना वडा अध्यक्ष सहित बहुमत कार्यपालिका सदस्यहरु प्रमुख थामी पक्षमा"

Leave a comment

Your email address will not be published.


*