विभिन्न माग राख्दै तरुण दल ग¥यो १ घण्टा चक्का जाम

चरिकोट–तरुण दल दोलखाले निर्माण समाग्री सहजको माग गर्दै सरमुकाम चरिकोटमा आज एक घण्टा चक्का जाम गरेको छ । ‘बालुवा गिटी सहितका निर्माण सामग्री अभावका कारण दोलखा जिल्लाका भुकम्पपीडितहरुलाई पर्न गएको असुविधाको विरोधमा चक्का जाम गरेको तरुण दल दोलखाका अध्यक्ष दावासाङ्गे शेर्पाले बताए । तरुण दलले मंगलबार बिहान ११ बजेदेखि १२ बजेसम्म सदरमुकाम चरिकोटको सातदोबाटोमा एक घण्टा चक्का जाम गरेको छ । अध्यक्ष शेर्पाले चाँढोभन्दा चाँढो भुकम्प पीडितहरुलाई महशुस गर्ने गरी बालुका गिटीको आपूर्तिको व्यवस्था नमिलाए जस्तो सुकै आन्दोलन पनि गर्ने बताए ।

Shares

Be the first to comment on "विभिन्न माग राख्दै तरुण दल ग¥यो १ घण्टा चक्का जाम"

Leave a comment

Your email address will not be published.


*